मुख्य समाचार
यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग |

अर्घाखाँची जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

अनिल नेपाली 141+ समाचार ( )
२७ असार २०८२, शुक्रबार

सन्धिखर्क । अर्घाखाँची जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ। शुक्रबार आयोजित एक विशेष कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले सो घोषणा गर्दै प्रदेश सरकार स्वास्थ्य क्षेत्रको सुधारमा निरन्तर लागिपरेको बताउनुभयो।

कार्यक्रममा बोल्दै मन्त्री सारुले प्रदेश सरकारले शारीरिक र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएको बताउनुभयो। उहाँले बढ्दो नसर्ने रोगको जोखिमलाई ध्यानमा राख्दै खानपान र जीवनशैलीमा सुधार गर्न र नियमित स्वास्थ्य परीक्षण गर्न सबैलाई आग्रह गर्नुभयो।

कार्यक्रममा प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरे, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूले मन्तव्य राखेका थिए। उनीहरूले खोप अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मीहरूको भूमिकाको प्रशंसा गर्दै उनीहरूलाई राज्यले प्रोत्साहन र सम्मान गर्नुपर्नेमा जोड दिए।

जिल्ला खोप समन्वय समितिका संयोजक जीवनारायण कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभियानमा योगदान पुर्‍याउने स्वास्थ्यकर्मी, स्वयम्सेविका तथा सञ्चारकर्मीहरूलाई सम्मान गरिएको थियो। यो घोषणाले जिल्लालाई औपचारिक मान्यता प्रदान गर्दै दिगोपना कायम राख्न थप प्रेरणा दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार