मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

करोडौं खर्च भइरहेको विद्यालयको नतिजा निराशाजनक, १०६ मा ८९ फेल

Ujyalosandeshonline 12612+ समाचार ( )
१४ असार २०८२, शनिबार

सिरहा । गोलबजार नगरपालिकाको शैक्षिक दुर्दशा ज्यादै कहालाग्दो छ । शुक्रबार प्रकाशित एसईईको परीक्षाफल हेर्ने हो भने सामूदायिक विद्यालयहरुको शैक्षिक प्रगति रसातलमा पुगेको देखिन्छ । विगत सात वर्षदखि नमूना विद्यालयको हैसियतमा वार्षिक करोड रुपैयाँ भन्दा अधिक सरकारी अनुदान प्राप्त गरिरहेको जनता नमूना माध्यमिक विद्यालय चोहर्वाले निराशाजनक प्रदर्शन गरेको छ ।

उपरोक्त विद्यालयबाट एसईई परीक्षामा सामेल भएका १०६ जना विद्यार्थी मध्ये  जम्मा १७ जना मात्र उत्तीर्ण भएका छन् । ८९ जना विद्यार्थी ननग्रेड अर्थात असफल भएका छन् । उत्तीर्ण भएका १७ जना मध्ये पनि १३ जनाले मात्र इच्छाएको विषय लिएर प्लस टु  पढ्न पाउँछन् । बाँकी चार जनाको ग्रेडमा नाम निस्किए पनि निम्नस्तरको अंक प्राप्त भएको छ । यो परीक्षाफलले ८९ जना विद्यार्थीहरुको भविष्य गोलमाल बनाएको छ ।

शिक्षासँग सरोकार राख्ने स्थानीय बासिन्दा रामचन्द्र सिंह भन्छन् ,‘विद्यालयमा बग्रेल्ति शिक्षक छन् । तर पठनपाठन गतिलो छैन । शिक्षकहरु चोहर्वा दरवारको तावेदारी र एमालेको राजनीति गर्न मै व्यस्त छन् । अनि कसरी विद्यार्थी पास हुन्छन् त ?’,उनले थपे,‘चोहर्वा स्कूलमा सबै साधन र स्रोत हुँदा पनि पठनपाठन न्यूनस्तरको छ ।

चोहर्वा दरवारको इशारामा निम्नस्तरका शिक्षकहरु सरुवा गरेर ल्याएर थुपारिएको छ । कतिपय शिक्षकहरु नेताका मामा नाता पर्छन् र पढाउन छाडेर पार्टीको संगठन बनाउन हिँडछन् । अनि कसरी शैक्षिक गुणस्तर उकासिन्छ त ? चोहर्वा स्कूलको शैक्षिक उन्नयनका लागि यसलाई चोहर्वा दरवारको राजनीतिबाट मुक्त गराउनै पर्छ ।’  विद्यालयमा प्रधानाध्यापक ब्रह्मदेव महतोलाई रिजल्टबारे प्रतिक्रिया माग्दा उनले भने हाम्रो विद्यालयको रिजल्ट बिग्रिएको छ । खोइ के भनौ र ? बोल्ने बाटै छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार