मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

इलाममा लाइभ कन्सर्ट गर्दै नेपथ्य समूह

Ujyalosandeshonline 12614+ समाचार ( )
१६ फाल्गुन २०८०, बुधवार

विराटनगर । चर्चित सांगीतिक समूह नेपथ्यले आगामी चैत ३ गते शनिबार इलाममा लाइभ कन्सर्ट सांगीतिक कार्यक्रम गर्ने भएको छ । इलामको सूर्याेदय नगरपालिकास्थित करफोक माध्यमिक विद्यालयको खेल मैदानमा नेपथ्यले आफ्नो प्रस्तुति दिने भएको हो ।

न्युपी थर्पा छोलिङ गुम्बा निर्माण सहयोगार्थ गुम्बा समितिको आयोजनामा कार्यक्रम गरिने पत्रकार सम्मेलन आयोजना गरी आयोजकले जानकारी दिएको छ ।

‘न्युपी थर्पा छोलिङ गुम्बा निर्माण सहयोगार्थ हामीले कार्यक्रम आयोजन गर्न लागेका छौं’ कार्यक्रम आयोजक न्युपी थर्पा छोलिङ गुम्बाका हरि गुरुङले भने, ‘संगीतका माध्यमबाट समेत इलाममा पर्यटन विकास गर्न सकिन्छ भन्ने विश्वासमा समेत यो कार्यक्रम गर्न लागेका छौं।’

कार्यक्रमका लागि अनलाइन र मास टिकट बिक्री सुरु भइसकेको गुरुङले बताए । टिकटको मूल्य एक हजार एक सय कायम गरिएको उनले बताए ।

करिब पाँच हजार दर्शकले टिकट काटेर कार्यक्रम हेर्ने आयोजकको अपेक्षा छ । ‘टिकट बिक्री सुरु भएको छ हामीले कम्तीमा पाँच हजार दर्शक कार्यक्रम हेर्न आउने अपेक्षा गरेका छौं,’ गुरुङले भने । कार्यक्रममा नेपथ्यका अगुवा कलाकार अमृत गुरुङलगायत कलाकार, बाद्यवादक एवं प्राविधिकहरुको सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार