मुख्य समाचार
साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक |

मधेश प्रदेशमा सय प्रहरी युनिटको भवन छैन : प्रहरी महानिरीक्षक कुँवर

Ujyalosandeshonline 12674+ समाचार ( )
२६ फाल्गुन २०८१, सोमबार

रौतहट । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सुबिधायुक्त भवनले  प्रहरी कर्मचारीको मनोवल उच्च हुनुका साथै गुणस्तरीय सेवा प्रदानले सेवाग्राहिलाइ सहज हुने बताएका छन । जिल्ला प्रहरी कार्यालय रौतहटको नव–निर्मित भवनको सोमवार  प्रहरी महानिरीक्षक  कुँवरले उद्घाटन गर्दै सो कुरा बताएका हुन । विभिन्न महानुभावहरूले भवन निर्माण कार्यमा सहयोग पु¥याएको भन्दै उनले प्रशंसा समेत गरे । 

प्रहरी महानिरीक्षक कुँवरका अनुसार देशभर २६६० प्रहरी इकाई कार्यलय रहेकोमा १८६९ को कार्यलय भवन, ३७० घर भाडामा र ४२१ अन्य निकायको कार्यलयबाट प्रहरीले सेवा दिदै आएको  उल्लेख गरेका छन । मधेश प्रदेशमा ३९५ प्रहरी इकाई कार्यलय मध्ये २९५ युनिटको आफ्नो भवन र एक सय प्रहरी युनिटको भवन नभएको जानकारी दिए । 

रौतहटमा ४६ स्वीकृत प्रहरी युनिटमा ४२ कार्यलय रहेकोमा ३० को जग्गा समेत नभएको उनको भनाइ छ । प्रहरी संगठनलाई आवास र भौतिक पुवधारमा अत्मनिर्भर बनाइ प्रहरीको क्षमता अभिवृद्धिमा प्रहरी प्रधान कार्यलयले ध्यान दिएको प्रहरी महानिरीक्षक कुँवरले बताए । नवनिर्मित संरचना नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत साझा सम्पत्ति भएको हुँदा यसको उचित संरक्षण, सम्बद्र्धन र विकासमा सबैको सदैव साथ रहने विश्वास लिएको उनले बताए । 

उनले समाजमा शान्ति र सुरक्षाको सु–ब्यावस्था कायम गर्न र आपराधिक गैरकानूनी र अनैतिक कार्य गर्ने व्यक्ति वा समूहहरूलाई निरुत्साहित गर्न कटिवद्ध रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई  निर्देशन समेत दिए। उनले  जिल्ला प्रहरी कार्यालय भवन, ब्यारेक, हिरासत ÷सैलुन, चमेना गृह तथा स्वागत कक्षको समुदघाट्न गर्नुका साथै  कार्यालयको परिसरमा बृक्षारोपण समेत गरेका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार