भैरहवाबाट अन्नपूर्ण जाने भारतीय पर्यटकलाई सीमामा स्वागत

Ujyalosandeshonline 12414+ समाचार ( )
११ अशोज २०८३, आइतबार

भैरहवा । ४७औँ विश्व पर्यटन दिवसका अवसरमा भारतबाट नेपाल घुम्न आएका भारतीय पर्यटकहरूलाई आइतबार बिहान सीमा नाका बेलहियामा भव्य स्वागत गरिएको छ। भारतको उत्तराखण्डका कार्तिके शर्मा र दिल्लीका सन्दिप सिंहलाई पर्यटन विकास परिषद् लुम्बिनीको आयोजनामा आयोजित कार्यक्रममा स्वागत गरिएको हो। शर्मा ८ दिनका लागि अन्नपूर्ण बेसक्याम्प र सिंह १२ दिनका लागि अन्नपूर्ण सर्किट ट्रेकिङका लागि नेपाल प्रवेश गर्नुभएको हो।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री चौधरीले नेपालका केही सीमित क्षेत्रबाहेक अन्य सम्पूर्ण पर्यटकीय स्थलहरू घुमफिरका लागि पूर्ण रूपमा सुरक्षित रहेको बताउनुभयो। सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, उपप्रमुख उमा अधिकारी, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद शर्मा, पर्यटन विकास परिषद्की कार्यालय प्रमुख शारदा बस्याल, नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष चन्द्रबहादुर थापालगायत विभिन्न पर्यटन व्यवसायी तथा सङ्घसंस्थाका प्रतिनिधिहरूले सीमामा पर्यटकहरूलाई स्वागत गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार