मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

प्रधानमन्त्री कप :
शसस्त्रको रवाफिलो जित

Ujyalosandeshonline 12461+ समाचार ( )
२५ फाल्गुन २०८१, आइतबार

भैरहवा । रुपन्देहीमा सुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शसस्त्र प्रहरीले पहिलो जित निकालेको छ । रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा भएको खेलमा शसस्त्र प्रहरीले बाग्मती प्रदेशलाई १ सय रन अन्तरले पराजित गरेको छ । 

१७५ रनको सामान्य लक्ष्य पाएको बाग्मती प्रदेशलाई निर्धारित ५० ओभरमध्ये २८ दशमलव २ ओभरमा ७४ रनमै अलआउट गर्दै शसस्त्रले जित निकालेको हो । बाग्मती प्रदेशका लागि शुभ कंसाकारले मात्र दोहोरा अंकमा रन बनाउन सके । उनले २४ बलको सामना गरि २ चौकाको सहयोगमा १६ रन बनाउदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन  । 

बलिङ्गमा शसस्त्रका कमल ऐरीले ४ विकेट लिए । यसै गरि कप्तान रोहित पौडेल र अमर रौटेलाले समान २/२ विकेट हासिल गरे ।

यस अघि टस जितेर पहिला ब्याटिङ्ग गरेको शसस्त्र प्रहरीले शसस्त्र प्रहरी १ सय ७४ रन बनाएको थियो । शसस्त्रका लागि सन्दिप जोराले सर्वाधिक ३७ रन बनाए  । यस क्रममा उनले ६२ बलको सामना गरि २ चौका मात्र प्रहार गरे । अमर रौटेलाले २६ रन र दिपक बोहराले २५ रनको व्यक्तिगत योगदान गरे । 

बाग्मतीका राजन ढकालले ५ विकेट महत्वपूर्ण लिए पनि टिमलाई जित दिलाउन सकेनन  । ८ ओभर फालेका राजनले २ मेडेन राख्दै ३० रन खर्चिए । यसै गरि नन्दन यादवले ३ र सूर्य तामाङ्गले २ विकेट लिए ।

खेलको म्यान अफ द म्याच शसस्त्रका कमल ऐरी घोषित भए । 

एक्स्ट्राटेक ओभल मैदानमा सोमबारको खेल लुम्बिनी प्रदेश र बिभागीय टोली नेपाल प्रहरी बिच हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार