मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

यो राज्य व्यवस्था चाँडै अन्त्य हुन्छ : अध्यक्ष कमल थापा

Ujyalosandeshonline 11768+ समाचार ( )
३ पौष २०८०, मङ्गलबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले, अहिलेको राज्य व्यवस्था चाँडै अन्त्य गर्ने चेतावनी दिएका छन् । आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशमा आन्दोलनको आँधिबेहरी सिर्जना गर्ने र छिटोभन्दा छिटो भ्रष्ट व्यवस्थालाई अन्त्य गर्ने चेतावनी दिए । अब चाँडै देशमा  हिन्दु राष्ट्र र राजसंस्थालाई स्थापना उनको दाबी छ ।

उनले भने, ‘मलाई विश्वास छ हामी एउटा बलियो राष्ट्रवादी मोर्चा बनाएर देशमा आन्दोलनको आदिबेरी सिर्जना गर्ने र छिटोभन्दा छिटो यो भ्रष्ट व्यवस्थालाई अन्त्य गर्ने हिन्दु राष्ट्र र राजसंस्थालाई स्थापना गर्न सक्छौ भन्ने मलाई लाग्छ ।’

उनले सबै राष्ट्रवादी शक्तिलाई एउटै मोर्चामा ल्याएर आन्दोलनको तयारी गरेको दाबी समेत गरे । ‘राप्रपा नेपालले सबै राष्ट्रवादी देशभक्त प्रजातन्त्रवादी समूह र व्यक्तिहरूलाई एउटै मोर्चामा आवद्ध भएर जनसङ्घर्ष वा आन्दोलन सञ्चालनको लागि आह्वान गरेको छ। त्यसका लागि पार्टीका उपाध्यक्ष राजिव पराजुलीको संयोजकत्वमा वार्ता टोली समेत गठन गरेका छौँ ।’ उनले भने । यस्तै, लोकतन्त्रको नाममा निरङ्कुशतन्त्र हाबी हुन खोजेको भन्दै उनले त्यसको विकल्प राजासहितको प्रजातन्त्र भएको बताए ।

उनले भने, ‘लोकतन्त्रलाई समाप्त पारेर निरङ्कुशतन्त्र हाबी गर्न खोजिएको छ, गणतन्त्रलाई समाप्त पारेर निरङ्कुशतालाई स्थापना गर्न खोजिएको छ, म के प्रष्ट पार्न चहान्छु भने लोकतन्त्रको विकल्प छैन्, त्यसैले हामीले स्थापना गर्न खोजेको राजासहितको प्रजातन्त्र जो नेपालमा सही र सफल प्रजातन्त्र हुन्छ ।

अहिले भएको भ्रष्ट, छाडा, तस्कर र सिन्डिकेट तन्त्र हो । अहिले तीन दलको सिन्डिकेट छ जसले न्यायलय कब्जा गरेको छ, संवैधानिक अङ्गहरू  कब्जा गरेको छ । हामीले यसको विकल्पमा राजासहितको प्रजातन्त्र ल्याउनु पर्छ ।’ विदेशी सहयोग र आर्शिवादमा विगतमा पटक पटक आन्दोलन भएपनि सकारात्मक परिवर्तन ल्याउन नसकेको उनको तर्क छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार