मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

सहकारी नियामक निकाय गठन हुँदैछ : अर्थमन्त्री महत

Ujyalosandeshonline 12547+ समाचार ( )
८ फाल्गुन २०८०, मङ्गलबार

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले नियामक निकाय बन्न सकेमात्र सहकारी क्षेत्रमा रहेका समस्या समाधान हुने बताएका छन् । 

ललितपुरको गोदावरीमा पार्टीको जारी महासमिति बैठकमा मंगलबार ‘नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा’ प्रतिवेदन प्रस्तुत गर्दै  उनले नियामक निकाय ‘सेकेण्ड टाइयर इन्स्टीच्यूसन’ गठन प्रकृया अघि बढिसकेको जानकारी दिए ।

सहकारी क्षेत्रमा विद्यमान समस्याले साना बचतकर्ताको रकम जोखिममा रहेको महतले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । 

‘सहकारी क्षेत्रको नियमन व्यवस्था प्रभावकारी नभएका कारण यस्तो समस्या देखिएको हो । यस क्षेत्रलाई साना बचतकर्ताको बचत परिचालन गर्ने र भरपर्दो क्षेत्रको रूपमा स्थापित गर्नु चुनौतीपूर्ण भएको छ । सहकारी क्षेत्रको नियामक निकाय गठन प्रकृया अघि बढाइएको छ । यस निकायले कार्यप्रारम्भ गरेपछि सहकारी क्षेत्रको समस्या निराकरण हुने अपेक्षा छ,’ मन्त्री महतले प्रतिवेदनमा उल्लेख गरेका  छन् । 

प्रतिवेदनमार्फत उनले मुलुकको अर्थतन्त्र ‘समस्यामुक्त भइनसकेको’ उल्लेख गर्दै आर्थिक परिसूचक अनुकूल भए पनि राजस्व वृद्धि अपेक्षित हुन नसक्दा सार्वजनिक वित्त व्यवस्थापन चुनौतीपूर्ण भएको स्वीकार गरे । 

‘अर्थतन्त्रका अधिकांश परिसूचक सकारात्मक रहेको भए पनि वास्तविक क्षेत्रमा आर्थिक क्रियाकलापहरूको विस्तार, उत्पादन र उत्पादकत्व वृद्धि गर्नु एक प्रमुख चुनौती हो,’ उनले प्रतिवेदन प्रस्तुत गर्दै भने । मन्त्री महतले अर्थतन्त्र सुधार नहुनुमा पर्याप्त तयारीबिना बजेट प्रस्ताव ल्याउने कार्य पनि प्रमुख कारक भएको उल्लेख गरेका छन् । 

सार्वजनिक खर्च व्यवस्थापनमा गम्भीर खालका चुनौतीहरू रहेको भन्दै उनले बजेट सुनिश्चित नहुँदै ठेक्का लगाउने प्रवृत्तिले अर्थतन्त्रमा थप समस्या सिर्जना गरेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार