मुख्य समाचार
सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक |

‘जाउँ है पोखरा’ अभियानलाई निरन्तरता, आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड

Ujyalosandeshonline 11437+ समाचार ( )
१९ फाल्गुन २०८१, सोमबार

जनकपुर । होटल संघ पोखराले दुई दशकअघि सुरु गरेको ‘जाउँ है पोखरा’ अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको छ । सोमबार जनकपुरधाममा आयोजित एक कार्यक्रमका बीच आन्तरिक पर्यटन प्रवर्द्धन तथा व्यवसायिक सहकार्यलाई मूल उद्देश्य बनाएर सञ्चालन गरिएको यो अभियानले सकारात्मक प्रभाव पार्दै आएको संघले जानकारी दिएको छ ।

संघका अनुसार गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्डको मुख्य प्रवद्र्धनमा यही फागुन १८ गतेदेखि २२ गतेसम्म पूर्वी नेपालका जनकपुर, विर्तामोड, इटहरी, बर्दिबास, र हेटौंडा जस्ता शहरमा अभियान सञ्चालन भइरहेको छ । यस अभियानमार्फत पोखरामा पूर्वी नेपालका पर्यटकलाई आकर्षित गर्ने र पोखराबाट समेत पर्यटकलाई ती शहरहरूमा पठाउने लक्ष्य राखिएको छ ।

गत चैत ४ गते पोखरा औपचारिक रूपमा ‘पर्यटन राजधानी’ घोषणा भइसकेको छ भने नेपाल सरकारले सन् २०२५ लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरिसकेको छ । पर्यटन क्षेत्रको समृद्धिका लागि पूर्व–पश्चिम क्षेत्रीय सम्बन्ध मजबुत बनाउन सिधा हवाई उडान तथा स्तरीय बस सेवा सञ्चालनका लागि पहल गर्न संघले सम्बन्धित पक्षलाई अपिल गरेको छ ।

पोखरामा पर्यटन प्रवर्द्धनका लागि विविध कार्यक्रम

संघका अनुसार पोखराको होटल क्षेत्रमा करिब पाँच खर्ब रुपैयाँको लगानी रहेको छ। हाल पोखरामा १,२०० होटल सञ्चालनमा छन्, जसमा ४०,००० ओछ्यान उपलब्ध छन्। होटल व्यवसायमार्फत करिब १५,००० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

आन्तरिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिँदै संघले “फेवा नव वर्ष महोत्सव“, ‘भाइटिका महोत्सव’, ‘खाना महोत्सव’, तथा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ ।  बाह्य पर्यटन प्रवद्र्धनका लागि भारतीय शहरहरूमा ‘चलिए पोखरा’ अभियान सञ्चालन गरिएको छ भने अन्तर्राष्ट्रिय ट्राभल मार्टहरूमा समेत संघको सक्रिय सहभागिता रहँदै आएको छ।

पोखरालाई रोमाञ्चक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न यहाँ बन्जी जम्पिङ, जीप लाइनिङ, प्याराग्लाइडिङ, अल्ट्रालाइट, क्यानोनिङ, तथा अन्य साहसिक पर्यटन गतिविधिहरू उपलब्ध छन्। साथै, धार्मिक पर्यटकहरूका लागि मठमन्दिरमा सन्ध्याकालीन आरती तथा केबलकार सेवा आकर्षणको रूपमा रहेका छन् ।

२० औं फेवा नव वर्ष महोत्सव वैशाख १ मा

नेपाली कला, संस्कृति, र खानालाई पर्यटनसँग जोड्दै संघले आगामी चैत ३० देखि वैशाख १ गतेसम्म फेवा ताल किनारमा २० औं फेवा नव वर्ष महोत्सव २०८२ आयोजना गर्न लागेको छ । संघले पृथ्वी राजमार्गको स्तरोन्नति अन्तिम चरणमा पुगेको, पोखरासम्म सहज स्थल यातायात उपलब्ध रहेको, तथा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै अन्तर्राष्ट्रिय उडान सुरु हुने जानकारी गराउँदै सबैलाई पोखरा भ्रमण गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार