मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

बालबालिकाप्रति भरतपुर संवेदनशील : रेनु दाहाल

Ujyalosandeshonline 11768+ समाचार ( )
१३ माघ २०८०, शनिबार

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बालबालिकाको क्षेत्रमा  महानगरपालिका संवेदनशील रहेको बताएकी छन् । प्रहरी नागरिक साझेदारी अभियानको भरतपुर–५ मा शनिबार आयोजित दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले महानगरपालिकाले बालबालिका क्षेत्रमा प्रभावकारी काम गर्दै आइरहेको बताइन् । 

शिक्षाबाट बञ्चित हुन नदिन अटिजम विद्यालय, पक्षाघात भएकालाई भरतपुर–२६ मा स्रोत केन्द्र सञ्चालनमा ल्याएको उनले बताइन् । यस्तै, बाबुआमा नभएका बालबालिकालाई सडकसम्म नआउन दिन महानगरले एसओएस स्कुललाई सिफारिस गरी निःशुल्क अध्ययनको व्यवस्था मिलाउन महानगर र विद्यालयबीच सम्झौता भएको समेत उनले बताइन् । 

‘राज्यले एक्लै गर्नुपर्ने कार्य सबैको साथ सहयोगबाट भएको छ,’ उनले भनिन्, ‘भरतपुर महानगरबाट ठूलो सहयोग भएको छैन । संवेदनशील र अवस्थाअनुसार अझै बढी सहयोग गर्नुपर्छ । यहाँहरु खुसी भए पनि म भने खुसी छैन ।’ गर्नुपर्ने काम अझै धेरै रहेको जिकिर उनले गरेकी थिइन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार