मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो

Ujyalosandeshonline 11768+ समाचार ( )
६ मंगशिर २०८१, बिहीबार

काठमाडौं । भारतको कर्नाटक यू–१९ विरुद्धको सिरिज नेपालले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहीबार भएको सिरिजको अन्तिम तथा पाँचौं खेलमा ७ विकेटको जित दर्ता गर्दै सिरिज नेपालले ३–२ ले जितेको हो । 

पहिला ब्याटिङ गरेको कर्नाटकले ५० ओभरमा सवै विकेट गुमाएर १९१ रन बनाएको थियो । जवाफमा नेपालले ३९.५ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्दै सिरिज नै जित्न सफल भयो ।

पहिला ब्याटिङ गर्दा कर्नाटकका रोहित आरभीले सर्वाधिक ४१ रन बनाउँदा इसा एच पुथिङले ३८ रनको पारि खेले । त्यसैगरी गगन राओले ३४ रन बनाउँदा शिव आरले २२ रन बनाएका थिए । आकाश प्रभावकरको ब्याटबाट १८ रन बनको थियो ।

नेपालका हेमन्त धामीले १० ओभरमा १ ओभर मेडन राख्दै ३ विकेट लिँदा अभिषेक तिवारीले ७ ओभरमा ३९ रन खर्चिएर २ विकेट लिए । यसैगरी नरेन साउदले ७ ओभरमा १ ओभर मेडन राख्दै २९ रन दिएर २ विकेट लिँदा युवराज खत्रीले ९ ओभरमा १ ओभर मेडन राख्दै ३५ रन दिएर २ विकेट हात पारे । सन्तोष यादवले १० ओभरमा ३२ रन खर्चिए भने विपिन महतोले ४ ओभरमा २० रन दिएका थिए ।

१९२ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको नेपालले ३९.५ ओभरमा मात्र ३ विकेट गुमाएर जित निकालेको हो । नेपालको जीतमा ओपनर आकाश त्रिपाठीले ८९ रनको नआउट पारि खेले । उनले १ छक्का र ७ चौका प्रहार गरे ।

यसैगरी मयन यादवले ६६ बलमा ५० रनको अर्धशतकीय पारि खेल्दा १ छक्का र ६ चौका हिर्काए । यसैगरी अर्जुन कुमालले २१ रन बनाउँदा सन्तोष यादवले ४ रनको पारि खेले । अन्त्यमा नरेन भट्ट १८ रनमा नटआउट रहे ।

कर्नाटकका प्रनव आश्वथले २ तथा तेजस केएले १ विकेट लिए । अन्तिम खेलमात्रै त्रिवि क्रिकेट मैदानमा भएको हो । यसअघिका ४ खेल मूलपानी क्रिकेट मैदानमा भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार