मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

बिहिबारदेखि धकधईमा दोश्रो रोहिणी महोत्सव सुरु

Ujyalosandeshonline 11768+ समाचार ( )
३० वैशाख २०८२, मङ्गलबार

धकधई । रोट्रेक्ट क्लब अफ सेन्ट्रल रोहिणीको आयोजनामा बिहिबार देखि धकधईमा १५ दिने दोश्रो रोहिणी सांस्कृतिक मेला महोत्सव २०८२ आयोजना हुदैछ । बिभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रहेको रोट्रेक्ट क्लब अफ सेन्ट्रल रोहिणीलाई त्यस क्षेत्रमा स्थापित गराउने उद्देश्य सहित महोत्सवको आयोजना गर्न थालेको आयोजकले बताएका छन् । 

न्यू एम के साउण्ड सिस्टमको ब्यवस्थापनमा हुन लागेको महोत्सवमा नेपाल र भारतका प्रख्यात कलाकारको प्रस्तुति रहने रोट्रेक्ट क्लब अफ सेन्ट्रल रोहिणीका अध्यक्ष ईमरान खाँनले जानकारी दिए । अहिले फुर्सदिला रहेका किसानलाई रमाईलो गराउने लक्ष्य सहित साँझमा मात्र महोत्सव सुरु हुनेछ ।” खाँनले भने “जेठको चर्को घामले पनि हाम्रो कार्यक्रमलाई असर पु¥याउने छैन ।”

महोत्सवमा नेपाली कलाकार प्रिति पासवन, ज्योती मगर, दुर्गेश थापाका साथै भारतीय कलाकार धडकन धनन्जय लगायत विनिता शाही डान्स ग्रुपको प्रस्तुती रहने खाँनले बताए । यस्तै महोत्सवमा सम्भव भए सम्म नेपाल र भारतीय पहलवान बीच कुस्ती प्रतियोगिता पनि गराईने उनले बताए । 

महोत्सवमा बिभिन्न ५० वटा स्टलका साथै बाल उद्यानहरु पनि रहेका छन् । मेलामा स्थानिय उत्पादन, कृषि प्रर्दशनी संगै सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिने आयोजकले जानकारी दिएका छन् । महोत्सवको प्रवेश शुल्क १ सय रुपैया तोकिएको छ । बिद्यार्थीलाई भने २० प्रतिशत छुट दिईने कार्यक्रम संयोजक हसामुद्दिन अलीले बताए । उनले महोत्सवमा करिब २० लाख खर्च हुने र यसको सबै ब्यवस्थापन न्यू एम के साउण्ड सिस्टमले गर्ने बताए । “हामीले कुनै सरकारी निकायबाट आर्थिक सहयोग लिएका छैनौ ।” उनले भने “गाउँपालिकामा कार्यक्रम गरिएकोले पालिकाका अध्यक्षलाई प्रमुख अतिथिको लागि आग्रह गरेका छौं ।” 

महोत्सवमा रोहिणी मात्र नभई यस आसपासका ओमसतिया गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, परासी र भारत सम्मका दर्शकहरुले अवलोकन गर्ने कार्यक्रम संयोजक अलीले बताए । उनले महोत्सवमा करिब ३० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको बताए । 

२०२२ सालमा स्थापना भएको रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रोहिणी स्वास्थ्य शिविर, पर्यवरण सचेतना कार्यक्रम, रक्तदान लगायतको कार्यक्रममा सक्रिय रहेको छ । पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन क्लबका कोषाध्यक्ष रुद्रराज सिग्देलले गरेका थिए । 

प्रतिक्रिया

हसामुद्दीन अली ३० वैशाख २०८२, मङ्गलबार

धन्यवाद

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार