मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

रौतहटमा ४९ हजार २६९ जना किशोरीलाई एचपीभी खोप लगाइने

Ujyalosandeshonline 12543+ समाचार ( )
१६ माघ २०८१, बुधवार

रौतहट । पाठेघरको मुखको क्यान्सर विरुद्धको “एचपीभी खोप” अन्तर्गत रौतहटमा ४९ हजार २६९ जना किशोरीलाई लगाइने भएको छ। कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका किशोरीलाई एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप दिइने भएको हो । यहाका १० बर्ष देखि १४ बर्षसम्मको विद्यालय बाहिर रहेकालाई खोप लगाइने भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहट प्रमुख राजेश सिंहले बताए । 

उनका अनुसार सामुदायिक र संस्थागत विद्यालयमा ३९ हजार र विद्यालय बाहिर रहेका १० हजार भन्दा बढि गरेर ४९ हजार २६९ जनालाई एचपीभी खोप लगाइने छ ।यो अभियानका लागि यहाका स्वास्थ्य संस्थामा कार्यरत दुई सय जनशक्तिलाई तालिम दिइसकेको उनले जानकारी दिए । 

यस जिल्लामा दुई चरणमा खोप लगाइने तयारी थालिएको र सम्पूर्ण तयारी पुरा भईसकेको उनको भनाइ छ । माघ २३ गते  पहिलो र माघ ३० गते दोस्रो चरणमा खोप लगाइने अभियान थालिने स्वास्थ्य कार्यालयका प्रमुख सिंहले बताए ।

पहिलो चरणमा फतुवा विजयपुर, मौलापुर, बौधीमाई, गढीमाई, कटहरिया, देवाही गोनाही, राजपुर, परोहा र इशनाथ तथा माघ ३० गतेदेखि हुने दोस्रो चरणमा गौर, राजदेवी, दुर्गा भगवती, यमुनामाई, माधवनारायण, गरुडा वृन्दावन, गुजरा र चन्द्रपुरका किशोरीलाई एचपीभी खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयको तथ्याङ्ग अनुसार नेपालमा हरेक वर्ष दुई हजार दुई सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये एक हजार तीन सयको महिलाको मृत्यु हुने गरेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार