मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

सन्धिखर्कमा अन्तराष्ट्रिय आप्रवासन दिवस मनाइयो: दिवंगत श्रमिकका सन्ततिलाई शैक्षिक सामग्री वितरण

Ujyalosandeshonline 12548+ समाचार ( )
३ पौष २०८२, बिहीबार

सन्धिखर्क । "श्रम आप्रवासन चक्रमा सुशासन: सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन" भन्ने मूल नाराका साथ सन्धिखर्कमा अन्तराष्ट्रिय आप्रवासन दिवस मनाइएको छ। दिवसको अवसरमा वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका श्रमिकका सन्ततिहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ।

सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज गौतम र सामी (SAMI) जिल्ला कार्यक्रम संयोजक बसन्त श्रेष्ठ लगायतले श्रमिकका सन्ततिलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको हो । कार्यक्रममा बोल्दै उपप्रमुख आचार्यले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन आप्रवासी स्रोत केन्द्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारको द्विपक्षीय पहलमा सञ्चालित छ, जसलाई हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ। कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष गणेश खनाल, लुम्बिनी प्रदेश सदस्य राजेन्द्र पन्थी लगायतले मन्तव्य राख्दै आप्रवासी श्रमिकको योगदानको कदर र उनीहरूको अधिकारको सम्मानमा जोड दिनुभयो। जिल्ला प्रशासन कार्यालयमा स्थापित स्रोत केन्द्रले सुरक्षित र सीपयुक्त आप्रवासनका लागि परामर्श र सहयोग प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार