मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

साना योजनालाई प्रदेशबाट निरुत्साहित गर्छौं : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 10783+ समाचार ( )
१६ माघ २०८१, बुधवार

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले टुक्रे योजनालाई निरुत्साहित गर्ने रणनीति बनाएको बताएका छन् । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको बाँकेमा आयोजना गरिएको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दैै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले टुक्रे र साना योजनालाई निरुत्साहित गर्दै ठूला र मझौला खालका योजनाहरुमा बजेट केन्द्रित गर्ने बताएका हुन् ।

‘योजनाहरु छरेर होइन, परिणामुखी बनाएर जाने सरकारले रणनीति बनाएको छ । प्रदेश सरकारले अब टुक्रे योजना बनाउँदैन’उनले भने,‘मझौला र ठूला योजना कार्यान्वयनमा सरकारले ध्यान दिनेछ  । व्यक्तिपिच्छे आउने योजनाहरुमा सरकारले बजेट राख्दैन ।’ आगामी बर्षको बजेट तथा कार्यक्रम बनाउँदा संस्थागत प्रक्रियालाई प्राथमिकतामा राखिने उनले बताए । ‘संस्थागतरुपमा आएका योजनाहरुलाई अघि बढाउछौं । बजेट माग्न मन्त्रालयमा भिड लाग्न पर्दैन, पहुँच र पावर पनि चाहिदैन ।

आवश्यकता र तथ्यांकको आधारमा सरकारले बजेट तर्जुमा गर्छ’उनले भने,‘योजना छनौंटमा देखिएको विकृति रोक्नकै लागि पाँचलाख भन्दा माथिका योजना प्रतिष्पर्धाबाट कार्यान्वयन गर्ने निर्णयमा सरकार पुगेको हो । हरेक खाले विकृतिरु रोक्न सरकार निर्मम भएर अगाडी बढिरहेको छ ।’त्यस्तै चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम र प्रदेश गौरवका आयोजनालाई प्राथमिकतामा राखेर सही ढंगले कार्यान्वयनको गति बढाएको बताएका छन् । बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको प्राथमिकता, सञ्चालन भइरहेका कार्यक्रम र भावी योजनाबारे जानकारी गराएका थिए । सो क्रममा उनले ७० प्रतिशत भन्दा बढी योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयनमा गइसकेको र बाँकी योजना पनि कार्यान्वयनको चरणमा रहेको जानकारी दिए ।

‘प्रदेश सरकारले अघि सारेका गौरवका आयोजनालाई उच्च प्राथमिकतामा राखेर कार्यान्वयनलाई अघि बढाएका छौं । चालु वर्षको बजेट सही ढंगले कार्यान्वयनमा ध्यान दिएको छ । योबीचको सुशासनको पाटोलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौं’उनले भने,‘प्रदेश सरकार नागरिकहरुको भरोसाको केन्द्र बन्न सफल भएको छ । गाउँको मुहारहरु फेरिनुमा प्रदेश सरकारले अघि बढाएका योजनाका कारण हुन् ।’ 

त्यस्तै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले गरेका काम र सम्पादन गरेका योजनाहरुमा सुझाव दिन समय कुर्नु नपर्ने बताए । ‘कतै कमीकमजोरी भेटाउनुभएको छ । देख्नुभएको छ भने सुझाव दिन समय कुर्नु पर्दैन । सिधैं भन्न सक्नुहुन्छ’उनले भने,‘सरकारले सुझावहरुलाई आत्मसाथ गरेर अघि बढ्न चाहन्छ ।’ मुख्यमन्त्री आचार्यले आफू सरकारको नेतृत्वमा पुगेपछि प्रदेश सरकारले गरेका काम, प्राथमिकता, भावी योजनासहितका विषयहरु समेटिएको प्रतिवेदन पार्टीका प्रदेश इञ्चार्ज पद्मा अर्याल र पार्टीका प्रदेश अध्यक्ष राधाकृष्ण कंडेललाई बुझाएका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार