प्रहरी वार्षिक कार्ययोजनामै अगाडी बढछु : राठौर

Ujyalosandeshonline 11896+ समाचार ( )
१३ फाल्गुन २०८०, आइतबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, प्रहरी उपरिक्षक रञ्जित सिंह राठौरले आफुले कुनै नया कार्ययोजना नबनाई यस अघि बनेका कार्ययोजना अनुसार अगाडी बढ्ने बताएका छन् । 

आईतबार सञ्चारकर्मिहरु संग भैरहवामा आयोजित परिचयात्मक अन्तरक्रिया कार्यक्रममा उनले प्रहरी प्रधान कार्यालयले यस अघि नै “प्रहरी कार्ययोजना २०८०” बनाएको बताउदै त्यसैको आधारमा अगाडी बढ्ने बताएका हुन् । उनले प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालय संग, जिल्ला प्रहरी कार्यालयले प्रदेश प्रहरी संग गरेको कार्य सम्पादनको सम्झौता आधारमै काम गर्ने बताएका हुन् ।

रुपन्देही जिल्लामा पहिला पनि काम गरि सकेको कारण आफुलाई यो जिल्ला नौलो नरहेको यहाको चुनौतीहरुको बारेमा जानकार रहेको उनले बताए । जिल्लाका चुनौतीहरुसंग जुध्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउदै राठौरले प्रहरीले सामुदायिक स्तरमा बिभिन्न कार्यक्रहरु सुरु गर्ने बताए । 

यस अघि गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयमा कार्यरत रञ्जित सिंह राठौर जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रमुखको रुपमा सरुवा भई आएका हुन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार