मुख्य समाचार
सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा | जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने | नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द | आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने | पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द | प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव | नेपाली कांग्रेस रूपन्देही १ को क्षेत्रीय सभापतिमा बैजनाथ साहनीको उम्मेदवारी घोषणा | दुर्घटनामा एकको मृत्यु | बाजुरामा लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको अभिमुखीकरण सम्पन्न | पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध |

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

रासस 681+ समाचार ( )
९ अशोज २०८३, शुक्रबार

वीरगञ्ज (पर्सा) । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना हुने भनिएको दोस्रो महाधिवेशन केही दिनदेखि लगातार भइरहेको वर्षा तथा आगामी दिनमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमानलाई मध्यनजर गर्दै स्थगीत गरी १७ गते शनिबारका लागि तय गरिएको पार्टीका प्रवक्ता चन्दन सिंहले जानकारी दिनुभयो । 

प्रतिकूल मौसमका कारण देशभरबाट वीरगञ्ज आउने प्रतिनिधि, नेता तथा शुभेच्छुकको यात्रा र व्यवस्थापनमा कठिनाइ हुन सक्ने देखिएपछि महाधिवेशनको तालिका परिवर्तन गरिएको प्रवक्ता सिंहको भनाइ छ । पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रतिकूल मौसमको पूर्वानुमान रहेकाले महाधिवेशनको तयारी पूरा भइसके पनि सहभागीको सुरक्षा र सहज आवागमनलाई ध्यानमा राख्दै असोज १७ गतेका लागि नयाँ मिति तय गरिएको  छ ।”यसअघि पार्टीले दोस्रो महाधिवेशन असोज ९ र १० गते वीरगञ्जमा गर्ने तयारीअनुसार महाधिवेशनअन्तर्गत अध्यक्षसहित विभिन्न केन्द्रीय पदका लागि उम्मेदवारी दर्ता प्रक्रिया अघि बढिसकेको थियो । अब परिमार्जित तालिकाअनुसार पार्टीको दोस्रो महाधिवेशन हुनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार