मुख्य समाचार
बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद | भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको कपडा नवलपरासीमा पक्राउ | विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ | गुल्मी जिल्ला प्रशासनको सेवामा सुधार, एकद्वार प्रणाली र QR भुक्तानीको माग | केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ | बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट | कांग्रेस १५औँ महाधिवेशनः वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म | लोमान्थाङमा यार्तुङ पर्वको रौनक | सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी | मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना |

निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

Ujyalosandeshonline 12077+ समाचार ( )
१२ माघ २०८२, आइतबार

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकाहरूको वैयक्तिक विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्धारित मितिमा मनोनयनपत्र दर्ता कायम रहेका उम्मेदवारको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ (१) बमोजिम मनोनयनपत्रसँगै पेस गरेको वैयक्तिक विवरण आयोगले सार्वजनिक गरेको हो ।

निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा विश्वसनीय बनाउनका लागि उम्मेदवारका वैयक्तिक विवरणहरू सार्वजनिक गर्नु आवश्यक रहेकाले आयोगले कानुनी व्यवस्थाअनुसार सबै उम्मेदवारको विवरण सार्वजनिक गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । यसले मतदाता, सरोकारवाला निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सहज बनाउने उद्देश्यअनुरुप सो विवरण आयोगको वेबसाइटमा प्रकाशित गरिएको छ । 

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशका एक सय ६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ । माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो । कुल तीन हजार ४८६ उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार