मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

कसैको दबाब र चाहनामा मुद्दा चल्दैन : गृहमन्त्री

Ujyalosandeshonline 11768+ समाचार ( )
१७ श्रावण २०८१, बिहीबार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरणको लागिअनिवार्य शर्त रहेको सुशासन र यसको प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’जारी गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिलातथा सुशासन समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफदिँदै गृहमन्त्री लेखकले सदाचार नीति जारी गर्न ढिला भइसकेको उल्लेख गर्दै सरकारलाई नीतिपारित गरि जारी गर्नका लागि समितिबाट सुझावको आवश्यकता रहेको बताए । 

उनले भने, ‘सदाचार भनेको मानिसलाई भित्रबाट राम्रो गर्नका लागिउत्प्रेरित गर्ने विषयहो । त्यसैले व्यक्तिको प्रक्रियालाई ठिक गर्नका लागिल्याउनआवश्यक रहेको नीतिहो सदाचार नीति । यो आवश्यक छ, जरुरी छ र सरकारनीतिलाई पारित गरि लागु गर्नका लागि प्रतिवद्ध छ । ढिलो भएको भएपनिपारित गरि लागु गर्नका लागि प्रतिवद्धता जनाउन चाहन्छु । यसका लागि सम्मानित समितिबाट सुझाव सल्लाहदेखि सबै कुरा होस् भन्नचाहन्छु ।’

भ्रष्टाचारको फाइल खोल्नुपर्ने भन्दै चौतर्फी दबाब आइरहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले कानुन अनुसार अघि बढ्ने बताए । फाइल खोल्नु भनेको मुद्दा अगाडि बढाउनु रहेको बताउँदै उनले कसैको चाहना र रहरले मुद्दा नचल्ने बताए । 

‘फाइलखोल्ने भनेको मुद्दा चलाउने होला नि । फाइलखोलेर यि यता छ भनेर देखाउने त होइनहोला। अनिलोकतन्त्रमा मुद्दा कानुन बेगर चल्छ  ? कसैप्रति रिस उठ्यो भन्दैमा मुद्दा चलाइदिने त ? कसैका चाहना र रहरले मुद्दा चल्दैन,’उनको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार