मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

स्वीकृत दरबन्दी बाहेकका कर्मचारीलाई तलब खुवाए निर्णयकर्ताबाट असुलिने : उपसचिव ढकाल

Ujyalosandeshonline 12463+ समाचार ( )
१९ मंगशिर २०८२, शुक्रबार

रुपन्देही । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव दिपक ढकालले स्थानीय तहमा स्वीकृत दरबन्दी भन्दा बाहिरका कर्मचारी राख्न र तलब खुवाउन नपाइने स्पष्ट पारेका छन् । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा आयोजित स्थानीय तह र मन्त्रालयबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपसचिव ढकालले यस्तो बताएका हुन् ।

उनले कानूनमा स्पष्ट व्यवस्था भए बमोजिम दरबन्दी भन्दा बाहिर गएर कर्मचारी भर्ना गर्न र तलब सुविधा दिन नमिल्ने जिकिर गरे । उनले भने, "स्वीकृत दरबन्दी भन्दा बाहिर परेका कर्मचारीलाई तलब खुवाउन सकिँदैन। यदि खुवाइएको खण्डमा त्यो रकम खाने व्यक्ति, निर्णय गर्ने पदाधिकारी र त्यसमा प्रोत्साहन (मोटिभेट) गर्ने व्यक्तिहरुबाट नै असुल उपर गर्नुपर्ने कानुनी व्यवस्था छ ।"

उपसचिव ढकालले रोजगारी सिर्जना गर्नु राज्यको दायित्व भए पनि कानुनी सीमा नाघेर नगरपालिका वा गाउँपालिकाले आफूखुसी गर्न नहुने बताए । यस्ता कार्यले महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजुको चाङ लाग्ने र सुशासनमा प्रश्न उठ्ने भन्दै उनले जनप्रतिनिधि र कर्मचारीलाई सचेत गराएका छन् । केही विशेष कार्यक्रम वा परियोजनाको हकमा औचित्यका आधारमा निश्चित समयका लागि मात्र व्यवस्था गर्न सकिने भए पनि नियमित दरबन्दी बाहिरका कर्मचारी राख्नु गलत हुने उनको भनाइ थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार