मुख्य समाचार
जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न | सांसदको स्वीकय कर्मचारी नियुक्ति सम्बन्धमा संसद् सचिवालयको सहजीकरण | पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै |

मिटर ब्याजपीडितले माघ १६ देखि ‘मिटर ब्याजविरुद्ध न्याय मार्च’ सुरु गर्ने

Ujyalosandeshonline 11766+ समाचार ( )
११ माघ २०८०, बिहीबार

काठमाडौं । मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति नेपालले मिटर ब्याजविरुद्ध न्याय मार्च कार्यक्रमको घोषणा गरेको छ । 

काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी समितिले माघ १६ गते शारीरिक यातना र पीडितले गरेका आत्महत्या जस्ता क्षतिलाई क्षमता एवम् शोकलाई शक्तिमा बदली न्यायिक संघर्षको निर्णायक चरणमा मिटर ब्याजविरुद्ध न्याय मार्च  सुरु गर्ने जनाएको हो ।

शहिद दिवसको दिनमा पश्चिममा (कञ्चनप्रमा किसान आन्दोलनका महान् नेता भीमदत्त पन्तप्रति श्रद्धा अर्पण गर्दै संकल्प सभा सञ्चालन गरी मसाल बोकेर पैदल यात्रा) र पूर्व (झापा) बाट एकै साथ पीडितहरुले मार्च गर्ने समितिले जनाएको छ ।

समितिले तीन चरणमा कार्यक्रम गर्ने तयारी गरेको गरिरहेको छ । पहिलो चरण–मार्चको क्रममा पूर्वको टोलीले पूर्वी कमाण्ड (झापा, मोरङ्ग, सुनसरी र उदयपुर), मिथिला कमाण्ड (धनुषा, महोत्तरी, सिरहा र सप्तरी) र भोजपुरा कमाण्ड (बारा, पर्सा, रौतहट र सर्लाही) का पीडितलाई समेट्दै मध्य कमाण्डको चितवनसम्म पुग्ने तयारी छ । 

यसैगरी, पश्चिमको टोलीले पश्चिम कमाण्ड (कञ्चनपुर, कैलाली, बाँके, बर्दिया र सुर्खेत), लुम्बिनी कमाण्ड (दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासी) मध्यकमाण्ड (नवलपुर, चितवन, मकवानपुर र तनहुँ) का साथीहरुलाई समेटेर मध्यकमाण्डको चितवनसम्म पुग्ने जनाइएको छ ।

दोस्रो चरण–चितवनमा पैदल यात्रा र अन्यटोली समेत जम्माहुनेछ । सम्पूर्ण व्यवस्थापकीय तयारी पुरा भएपछि काठमाडौंको यात्रा तय गर्नेछ ।

तेस्रो चरणमा काठमाडौँ प्रवेशको नाका थानकोटमा उपत्यका कमाण्ड (काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ र काभ्रे) को संयोजनमा भेला भई पीडितहरु, नागरिक अगुवा, विद्यार्थी, न्यायप्रेमी जनसमुदायका बृहत सहभागितामा राजधानीमा मार्च गरिनेछ । मिटर ब्याजविरुद्ध न्याय मार्चले आफ्ना ६ बुँदे माग पूरा गराउन परिणाम निस्कने गरी दबाब सिर्जना गर्ने समितिले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार