मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

गुणस्तरयुक्त पाठ्यक्रमको माग गर्दै चार्टर्ड एकाउन्टेन्ट विद्यार्थीहरुले गरे प्रदर्शन

Ujyalosandeshonline 10783+ समाचार ( )
१० श्रावण २०८१, बिहीबार

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले  पाठ्यक्रम बदल्नुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् । बिहीबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था अगाडि गुणस्तरीय शिक्षा विद्यार्थीको हक भएको भन्दै राम्रो र गुणस्तरयुक्त पाठ्यक्रमको माग गर्दै प्रदर्शन गरेका हुन् । 

उक्त प्रदर्शनमा नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संघका अध्यक्ष महेन्द्र खड्काले फागुन १३ गते १९ बुँदे माग बुझाए पनि कुनै पनि ठोस समाधान नभएपछि आन्दोलनको सुरुवात गरेको बताए । उनले आन्दोलनबाट समस्या समाधान नभए आमरण अनशनको सुरुवात गर्ने पनि बताएका छन् । 

उनले भने, ‘हामीले फागुन १३ गते १९ बुँदे माग बुझाएका थियौं, तर कुनै पनि ठोस समाधान नभएपछि हामीले आन्दोलनको सुरुवात गरेका छौं । यदि यति गर्दा पनि सुनिएन भने अध्यक्ष भएको हैसियतले आमरण अनशन बस्नेछु र जबसम्म हाम्रो मागहरु पूरा हँदैन् तबसम्म अनशन तोड्दिन् ।’ यस्तै, उनले नयाँ पाठ्यक्रम सँगै परिक्षा क्रममा विदा हुनुपर्ने माग पनि गरेका छन् । 

उनले भने, ‘हाम्रो समस्याहरु राष्ट्रिय करण हुन सकेन, हाम्रो देशमा लगातार ८ दिन परिक्षा हुन्छ एक दिन पनि विदा नभई यो अरु कुनै देशमा हुँदैन् । हामी यसरी सधैँ पेलिन सक्दैनां भन्ने हिसाबमा हामीले यो आन्दोलन सुरु गरेका हौं । अर्को कुरा भने हामीलाई १९९७ को किताब अझै पढाइ रहेको छ । जब की विश्वमा २०१९ भन्दा अगाडीका किताबहरु छैन । हाम्रो किताबहरु सुधार हुनुपर्यो, हामीले परिक्षा दिन १ हजार दिनुपर्छ तर त्यही परिक्षाको कपी हेर्छुभन्दा ७ हजार तिर्नुपर्छ । यो पनि हटाउनुपर्छ ।’ 

यस्तै, नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संघको उपाध्यक्ष सोफिया श्रेष्ठले नेपालमै बसेर केही गर्छु भन्नेहरुको लागि वातावरण राम्रो बनाउनुपर्ने भन्दै माग सम्बोधन नभएसम्म पछि नहट्ने बताइन् । 

उनले भने, ‘चार्टर्ड एकाउन्टेन्टका विद्यार्थीहरुले पढ्ने पाठ्यक्रम धेरै पुरानो भइसकेको छ । अन्य शिक्षामा ६, ६ महिनामा परिवर्तन हुन्छ तर यसमा परिवर्तन भएन्, हामीले पुरानै विषयवस्तुहरु पढ्नु परेको छ । हामी नेपालमै बसेर केही गर्छु भन्नेहरुको लागि वातावरण राम्रो बन्नुपर्यो नयाँ पाठ्सामग्री हुनैपर्यो । हाम्रो माग सम्बोधन नभएसम्म हामी पछि हट्दैनां ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार