मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

बाजुराको मार्तडी–कोल्टी सडकखण्ड चार महिनापछि सञ्चालनमा, आवातजावतमा सहज

Ujyalosandeshonline 12546+ समाचार ( )
११ अशोज २०८२, शनिबार

बाजुरा । अबरुद्ध मार्तडी–कोल्टी सडकखण्ड करिब ४ महिनापछि सञ्चालनमा आएको छ । असारदेखि अबरुद्ध बनेको उक्त सडकखण्ड असोजको पहिलो साता सञ्चालनमा आएको हो । प्रमुख जिल्ला अधिकारीको समन्वय, सहकार्य तथा पहलमा दशै तिहारलाई मध्येनजर गरि सडक खुलाउने काम भएको हो । पानी रोकिएसँगै नागरिकहरुको समस्या र चाडपर्वलाई मध्येनजर गरि सडक खोलिएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराको भनाइ छ ।

अवरुद्ध बनेको सडकखण्ड खुल्न नसक्दा यात्रुहरूले निकै सास्ती खेप्नु पर्ने बाध्यता रहेको थियो । काम तथा पढाईका लागि बहिर गएकाहरू दशै तिहार मनाउन घर आउने नागरिकहरूलाई मार्तडीदेखि कोल्टीसम्म पुग्न पनि ५ वटा गाडी बदल्नु पर्ने अवस्थामा रहेकोमा दशै तिहारको मुखमै सडक खोलिएको हो ।

साथै, सडक अबरुद्ध हुदाँ स्याउ कृषकलाई पनि स्याउ ढुवानीमा समस्या हुदै आएको थियो । अब सडक सुचारू भए संगै स्याउ ढुवानीमा पनि सहज हुने भएको छ । मार्तडी–कोल्टी सडकखण्डबाट माथिल्लो क्षेत्रका ४ वटा स्थानीय तह, हिमाली, स्वामिकार्तिक, जगन्नाथ र बुढिनन्दा त्यस्तै छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोट गरि करिब १७ बढि जिल्लाका नागरिक आउजाउ गर्ने गर्छन् ।

ठेकेदारको चरम लापरबाहीका कारण मार्तडी–कोल्टी सडकखण्ड समयमै कालोपत्रे हुन नसक्दा वर्षेनी अबरुद्ध हुने गरेको छ । जिल्ला सदरमुकाम मार्तडी देखि कोल्टीसम्म करिब ४२ किलोमिटर सडकखण्ड छ । मार्तडी देखि खार चुथीसम्म ९ किलोमिटर त्यस्तै खारदेखि ढम्कनेसम्म ६ किलोमिटर सडकखण्डमा अलि काम भए तापनि अन्य ठाउँमा सडकखण्डको कार्य अस्तव्यस्त छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार