मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

९ नम्बर वडा कप
सेमीफाईनलका समिकरण पुरा

Ujyalosandeshonline 12548+ समाचार ( )
२९ मंगशिर २०८०, शुक्रबार

भैरहवा । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ मा जारी प्रथम वडा कप क्रिकेट प्रतियोगितामा सेमिफाईनलको समिकरण पुरा भएको छ । 

शुक्रबार भएको खेलहरुमा उदयपुरले प्रभातपथलाई, गोलिगढले गोनहियालाई र मिश्रौलियाले तिनकुनेलाई हराउदै सेमीफाईनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको सातौ टिम कठौतिया “बाइ” पाउदै स्वतः सेमीफाईनल प्रवेश गरेको छ । 

गोनहियामा रहेको रेडक्रसको खेल मैदानमा भएको पहिलो खेलमा उदयपुर ८ विकेटले विजयी भएको छ । टस हरेर ब्याटिङ गरेको प्रभातपथ टीमले निर्धारित १२ ओभरको खेलमा ६ विकेट गुमाउदै ७९ रन बनाएको थियो । उसका लागि संगम पाण्डेले सर्वाधिक ३७ रन बनाए । यस्तै विवेक श्रेष्ठले ९ रन र युवराज बरालले ६ रन बनाए । बलिङ तर्फ उदयपुरको सुनिल जयसवालले ३ विकेट लिए भने सन्जय कुर्मीले २ र दिपक यादवले १ विकेट लिए ।

प्रतिउत्तरमा ८० रनको लक्ष्य उदयपुरले सहजै भेट्टायो । पाचौ ओभरमै लक्ष्य भेट्टाएको उदयपुरका लागि ओपनर ब्याटर रहमान अलिले अविजित ४५ रन बनाए । सो क्रममा उनले १८ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै साहिद अलिले २१ रन बनाए । खेलमा ४५ रन बनाएका रहमान अलि मेन अफ द म्याच घोषित भए । 

यस्तै दोश्रो खेलमा गोलिगढले गोनहियालाई १० विकेटले हराएको थियो । टस जितेर गोनहियालाई ब्याटिङको निम्तो दिएको गोलिगढले उसलाई ४९ रनमै अलआउट पारेको थियो । गोनहियाका लागि बाबुरामले सर्वाधिक २२ रन बनाउदा अन्य ब्याटर भने चल्न सकेनन् । गोलिगढका बलर कृष्ण कार्कीले घातक बलिङ गर्दै २ ओभरमा ४ विकेट लिए, आशिष सहानीले ३ विकेट लिए । 

५० रनको झिनो लक्ष्य गोलिगढले चौथो ओभरमा कुनै विकेटको क्षति बिना भेट्टायो । उसका लागि ओपनर ब्याटरद्वय युवराजले २३ रन र आरीफले १५ रनको अविजित पारी खेले । यस मैचमा गोलिगढका बलर कृष्ण कार्की म्यान अफ द म्याच घोषित भए । 

शुक्रबार नै सम्पन्न तेश्रो खेलमा मिश्रोलियाले तिनकुनेलाई ६ विकेटले पराजित गरि सेमीफाईनलको यात्रा तय गरेको छ । टर हारेर ब्याटिङ गरेको तिनकुनेले अल आउट हुदै ५८ रन बनाएको थियो । उसका लागि अमित यादवले १७ रन र समीर गुरुङ्गले १० रन बनाए । बलिङ तर्फ मिश्रौलियाका प्रमोद कुर्मीले ४ विकेट, सुरज कुमीले ३ विकेट र लवकुशले २ विकेट लिए । 

५९ रनको लक्ष्य सहित मैदान पसेको मिश्रौलिया ४ विकेट गुमाउदै लक्ष्य पाएको थियो । उसका लागि शिवशंकरले बिष्फोटक ब्याटिङ गर्दै १८ बलमा ३ छक्का र २ चौकाको मद्दतमा अविजित २७ रन बनाए । यस्तै अरुन कुर्मीले १५ रन र अमृत कुर्मीले १४ रन बनाए । बलिङ तर्फ तिनकुनेका अमित यादवले २ विकेट लिए । यस मैचमा मिश्रोलियाका प्रमोद कुर्मी म्यान अफ द मैच घोषित भए । 

सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ को वडा कार्यालयको आयोजनामा जारी प्रतियोगितामा प्रथम हुने टीमलाई नगद १५ हजार, दोश्रोले १० हजार एवं तेश्रो हुने टीमले ५ हजार प्राप्त गर्ने वडा सचिव अब्दुल रसिद पठानले बताए ।

भोलीको सेमीफाईनलको खेल बिहान ८ बजे देखी गोनहियामा रहेको रेडक्रस खेल मैदानमा हुने पठानले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार