मुख्य समाचार
रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव | दुई वर्ष माथिका ६६ मुद्दा फैसला हुन बाँकी | खुवा घोट्दै व्यवसायी | एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो |

एसियन तेक्वान्दो च्याम्पियनसिपमा अभिषेकलाई रजत पदक

Ujyalosandeshonline 11901+ समाचार ( )
२ कार्तिक २०८१, शुक्रबार

काठमाडौं । नेपालका अभिषेक बरालले छैटौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका छन् । इन्डोनेसियाको जकार्तामा जारी प्रतियोगिताको पुरुष ८० केजीमुनि फाइनलमा अभिषेक आयोजक राष्ट्रका खेलाडीसंग पराजित भएपछि रजतमा सीमित भए ।

फाइनल यात्रा तय गर्न अभिषेकले इन्डोनेसिया, फिलिपिन्स र पाकिस्तानका खेलाडीलाई हराएको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन् । अध्यक्ष खड्गीका अनुसार २६ राष्ट्रको सहभागिता रहेको यो जि टु ¥याङकिङ प्रतियोगिता हो ।

प्रतियोगितामा अभिषेकसँगै नेपालबाट १० खेलाडी सहभागी छन् । अभिषेकसंगै ६ खेलाडी क्योरोगी तथा बाँकी ४ खेलाडी पुम्सेमा सहभागी छन् । ग्योरोगीमा अभिषेक डल्लाकोटी, सुजबकुमार यादव, भीमबहादुर खड्का, वर्षा थापा र अनिश घिसिङ पदकविहीन बने ।

पुम्सेमा यबन्दिन दाहाल, सरोज तामाङ, कुमार तामाङ र देवराज काम्छाले शुक्रबार प्रतिस्पर्धा गर्ने छन् । नेपाली टोलीको प्रशिक्षकमा विकेश विडारी छन् । टोलीलाई प्रोत्साहन स्वरुप काठमाडौं जिल्ला तेक्वान्दो संघले पोशाक प्रदान गरेको थियो । 

जिल्ला संघले जि १ ¥याङकिङदेखि माथिका तेक्वान्दो प्रतियोगितामा सहभागी हुने टोलीलाई पशोक प्रदान गर्ने गरेको अध्यक्ष खड्गीले जानकारी गराए । सरोज, अनिश र देवराज बाहेकको टोली ताइपेई सिटी कप तेक्वान्दो प्रतियोगितामा सहभागी हुने बताइएको छ । प्रतियोगिता अक्टोबर २४ देखि २७ तारिखसम्म ताइपेईंमा हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार