मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको छ : सांसद सिंह

Ujyalosandeshonline 12441+ समाचार ( )
१ चैत्र २०८१, शनिबार

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादुर सिंहले देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुर जिल्ला कमिटीको शनिबार हेटौंडामा भएको अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले देशमा न्याय मरेको टिप्पणी गरेका हुन् ।

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटामाथिको अपहरण तथा ज्यान मार्ने मुद्दाको फाइल न्यायधीशहरुले खोल्ने आँट नगरेको समेत उनले आरोप लगाए । न्यायलयहरुमा कांग्रेस, एमाले, माओवादीका कार्यकर्ताहरु भर्ती भएको उनको बुझाई छ । सांसद सिंहले अवस्था र व्यवस्थाको परिवर्तन आजको आवश्यक भएको जिकिर गरे ।

सांसद् सिंहले प्रदेश संरचनालाई देशले धान्न नसक्ने बताए । संघीय संरचना नै खारेज गर्नुपर्छ भन्ने आफूहरुको मुल्य र मान्यता रहेको उनले जिकिर गरे । 

अवस्था र व्यवस्था परिवर्तन गर्न सबैले पूर्वराजा ज्ञानेन्द्र शाहको आह्वानलाई साथ दिन पनि उनले आग्रह गरे । सांसद सिंहले सबै जात र धर्मलाई संरक्षण गर्नको लागि राजसंस्था बाहेक अर्को विकल्प नभएको समेत बताए । सांसद् सिंहले अब पार्टीको नेतृत्व युवा पंक्तिहरुले गर्नुपर्ने बताए । अधिवेशनले किशोर खत्रीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यंसमिति समेत चयन गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार