मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

जनकपुर साहित्य उत्सवको छैठौँ संस्करण माघ २४ गतेदेखि

Ujyalosandeshonline 10783+ समाचार ( )
२३ माघ २०८१, बुधवार

जनकपुर । जनकपुरधामको ऐतिहासिकता र पौराणिकतालाई प्रचार प्रसार गर्ने उद्देश्यले तीन दिवसीय जनकपुर साहित्य उत्सवको छैठौँ संस्करणको आयोजना हुनेभएको छ । माघ २४ गतेदेखि माघ २६ गतेसम्म चल्ने उत्सवमा सामाजिक, सांस्कृतिक, साहित्यिक, राजनीतिक लगायतका विषयवस्तुमाथी छलफल गरिने छ ।

विहीबार हुने महोत्सवको उदघाटन समारोहका प्रमुख अतिथिको रुपमा मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई आमन्त्रित गरिएको छ । नवमिथिला फाउन्डेसनको आयोजनामा हुन लागेको जनकपुर साहित्य उत्सवमा १७ वटा विभिन्न सत्रहरु राखिएको नव मिथिला फाउण्डेसनका अध्यक्ष अमित साहले जानकारी दिए ।

उत्सवको दोस्रो दिन औपचारिक सत्रको शुरुवात जनकपुरधामक चुनौती वा अवसर सबै विषयमा छलफल तथा विमर्शबाट हुनेछ । त्यस्तै डिजिटल युगमा पठन संस्कृति, क्रिकेट समस्या, समाधान र सम्भावना, मधेस महिमाः उत्सवको व्यवसायीकरण, पढाई र सिकाईका कुराकानी, अन्तरविद्यालय कविता प्रतियोगिता र सांगितिक साँझ, कविता गजल हुने जनाइएको छ ।

त्यस्तै, उत्सवको तेस्रो तथा अन्तिम दिनका सत्रहरु अन्तरविद्यालय कथा वाचन प्रतियोगिताबाट शुरु हुनेछन् । तेस्रो दिनका सत्रहरुमा केन्द्रको दृष्टिमा मधेस, आन्दोलन र साहित्य, नेपाली उद्यमीको यात्रा, आनन्दको खोजी, समाज साहित्य सिनेमा, मधेसको मत, कुलमान घिसिंगको एकल प्रवचन, संविधान, संघीयता र कानूनी राज्यको अभ्यास, अन्तरविद्यालय चित्रकला÷वक्तृत्वकला प्रतियोगिता र सांगितिक महोत्सवसंगै जनकपुर साहित्य उत्सवको छैठौँ संस्करण समापन हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार