मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

धनुषामा हत्या गरि गाडिएको अवस्थामा एक महिलाको शव फेला

Ujyalosandeshonline 12547+ समाचार ( )
११ पौष २०८१, बिहीबार

जनकपुर । मिथिला नगरपालिका ३ मा एक महिलाको हत्या गरि गाडिएको अवस्थामा शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मिथिला नगरपालिका वडा न.३ हरिहरपुर मुसहरीटोलमा दशैया मुखिया बिनको अन्दाजी ५० वर्षीया श्रीमति रेशमी देबि मुखिया बिनको हत्या भएको अवस्थामा शव फेला परेको हो ।

उनको शव आफ्नै घरको शौचालयको पछाडि गाडिएको अवस्थामा फेला परेको हो । मंगलबारदेखि हराइ रहेकी रेशमी देवीलाई खोज तलास गर्ने क्रममा शव फेला परेको जनाइएको छ ।

घटना स्थलबाट शव निकाली पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इप्रका महेन्द्रनगरले जनाएको छ ।

रेशमीलाई उनकै श्रीमान दशैया मुखियाले हत्या गरेर गाडेको आशंका गरिएको छ भने अनुसन्धानको लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

घटनाको एक दिन पहिला पनि दुबै जनाको झगडा भएको उनको बुहारीको भनाई छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार