मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

मुख्यमन्त्री आचार्यद्वारा बुटवल भ्यू प्वाइन्ट उद्यान उद्घाटन

Ujyalosandeshonline 12537+ समाचार ( )
१७ श्रावण २०८२, शुक्रबार

बुटवल । लुम्बिनी प्रदेश सरकारद्वारा निर्माण गरिएको बुटवल भ्यू प्वाइन्ट उद्यानको मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गर्नु भएको छ । बुटवल उपमहानगरपालिका–१३ अन्तर्गत जितेश्वरी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा अवस्थित उक्त भ्यू प्वाइन्टलाई जितेश्वरी पाणिनि उद्यानको रूपमा विकास गरिएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले पर्यटन प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्दै योजनाबद्ध ढंगले पूर्वाधार विकास गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नु भयो,`पार्क निर्माण गर्न सजिलो लागे पनि यसको दीर्घकालीन सञ्चालन र व्यवस्थापन चुनौतीपूर्ण विषय हो । संरक्षण र सम्वर्द्धनको मुख्य जिम्मेवारी स्थानीय समुदायको हुनुपर्छ । पार्कहरूलाई आयआर्जनको स्रोतका रूपमा रूपान्तरण गर्न सकिन्छ ।´

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, स्थानीय जनप्रतिनिधि, समाजसेवी, अगुवा तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।सरकारले प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र सामुदायिक सहभागितालाई जोड दिँदै पर्यटन गन्तव्यको विकासमार्फत स्थानीय अर्थतन्त्र सुदृढ गर्ने उद्देश्य राखेको छ । जितेश्वरी पाणिनि उद्यानबाट बुटवल सहर तथा आसपासको मनोरम दृश्यावलोकन गर्न सकिने हुँदा यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार