मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

‘शैक्षिक सुधारका लागि विशेष बजेटको व्यवस्था गरिनेछ’

Ujyalosandeshonline 12437+ समाचार ( )
१९ वैशाख २०८३, शनिबार

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शिक्षा प्रणालीलाई उत्पादनशील र आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित गर्न शैक्षिक सुधारका कार्यक्रम सञ्चाल गरिने बताउनुभएको छ । काठमाडौँ शिक्षा क्याम्पसको ३५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले बागमती प्रदेश सरकारले दुर्गम क्षेत्रका विद्यालयमा भौतिक पूर्वाधार विकास गर्न तथा शैक्षिक सुधारका लागि विशेष बजेटको व्यवस्था गरेको बताउनुभयो ।

शिक्षा प्रणालीलाई व्यवहारिक र उत्पादनशील बनाउँदै प्रविधिमैत्री, सीपमूलक र रोजगारमुखी प्राविधिक शिक्षामा विशेष जोड दिने उद्यदेख गर्दै मुख्यमन्त्री बानियाँले काम गरेर खाने जनशक्ति उत्पादन गर्न शिक्षालाई व्यावसायिक सीप र तालिमसँग जोड्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

शिक्षाको गुणस्तर सुधारले समृद्धिको मुख्य आधार तयार गर्ने भएकाले स्थानीय तहसँगको समन्वय र सहकार्यमा शिक्षा क्षेत्रमा परिवर्तन गर्ने नीति लिइएको बताउँदै उहाँले एआई (कृत्रिम बुद्धिमत्ता) को युगलाई ध्यानमा राख्दै प्राविधिक शिक्षामा जोड दिने धारणा राख्नुभयो । उहाँले मुलुकको दिगो विकास लक्ष्यअनुसार, गुणस्तरीय शिक्षा सुनिश्चितका साथै समावेशी र समतामूलक शिक्षाको पहुँच अभिवृद्धिको आवश्यकता औँल्याउनुभयो ।

क्याम्पसका अध्यक्ष माधव भट्टराईले सैद्धान्तिक शिक्षाले समाजको आवश्यकता पूरा गर्न नसक्ने बताउँदै स्थानीय आवश्यकताअनुसार सीपमूलक शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालय अनुदान आयोगका निर्देशक कपिल रिसालले शिक्षालाई समय अनुकूल रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै शिक्षा प्रणालीलाई व्यावहारिक, प्रविधिमैत्री र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । क्याम्पस प्रमुख सत्रुघन गुप्ताले शिक्षा क्षेत्रको सुधारका योजना, भावी रणनीति, उपलब्धि, कमीकमजोरीलगायत विषयमा धारणा राख्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार