मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

‘विपद् व्यवस्थापनको कामका लागि सबै एकै ठाउँमा छौं’

Ujyalosandeshonline 12612+ समाचार ( )
३० वैशाख २०८२, मङ्गलबार

काठमाडौं । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले विपद् व्यवस्थापनको लागि सरकारी र गैरसरकारी संयन्त्रहरु सबै एकैठाउँमा आएर काम गरिरहेको बताएका छन् । मंगलबार जिल्ला समन्वय समिति काठमाडौंले आयोजना गरेको विपद् पूर्वतयारी छलफल तथा अन्तरक्रिया कार्यक्रम उनले विपद् व्यवस्थापनको लागि संघीय, सरकार, प्रदेश र स्थानीय सरकारसहित गैरसरकारी संयन्त्रहरुसँग समन्वयन गरेर काम गरिरहेको बताएका हुन् । 

उनले भने, ‘हामीले लामो समयदेखि विभिन्न माध्यमबाट संरचनात्मक व्यवस्था गरेका छौ । त्यो व्यवस्थाको माध्यमबाट हामीले पूर्व तयारीको काम, राहत, उद्दारको कामसँगै पुनस्थापनको काम पनि सरकारले विभिन्न गैरसरकारी क्षेत्रहरुसँग समन्वय गरेर कामहरुलाई अगाडि बढाइरहेको छ । त्यसमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको आ–आफ्नो भूमिका र साझा दायित्वको विषय भएको हुनाले सबै सरकारी होस् या गैरसरकारी संयन्त्र होस् वा नागरिक आफैपनि यसको कम्पोनेटको रुपमा रहन्छ ।’

उनले जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर विपद्को पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणको काम गरिरहेको बताए । यस्तै, जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले काठमाडौंका सबै पालिकाहरुमा स्थलगत निरीक्षण गर्ने योजना रहेको बताए । 

‘हामी अव काठमाडौंका सबै पालिकाहरुमा अनुगमनका लागि जाने योजनामा छौं । अनुगमनमा जिल्ला समन्वय समिति मात्र होइन अन्य सेक्टरका प्रतिनिधिहरुसहित जान्छौ र पालिकाको अवस्था स्थलगत निरीक्षण गरेर बुझ्नेछौं,’उनले भने उनले पालिकाहरुमा निर्माण भएका विपद् स्वयम्सेवकहरुको क्षमता विकासको लागि काम गर्नुपर्ने पनि बताए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार