मुख्य समाचार
कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन | विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने | बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध | सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा | जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने | नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द | आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने | पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द | प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव | नेपाली कांग्रेस रूपन्देही १ को क्षेत्रीय सभापतिमा बैजनाथ साहनीको उम्मेदवारी घोषणा |

मकवानपुरमा ठूलो परिमाणमा ट्रामाडोलसहित एक व्यक्ति पक्राउ, अर्का फरार

Ujyalosandeshonline 12400+ समाचार ( )
१४ श्रावण २०८२, मङ्गलबार

हेटौँडा । मकवानपुर प्रहरीले ठूलो परिमाणमा नियन्त्रित औषधि ट्रामाडोलसहित एक जनालाई पक्राउ गरेको छ भने एक जना फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका-१३, आदामारबाट स्थानीय ३० वर्षीय प्रविन लामालाई पक्राउ गरेको हो । सोमबार राति करिब ८ बजे आदामारस्थित सडकमा शंकास्पद रूपमा हिँडिरहेका लामालाई प्रहरीले जाँच गरेको थियो । खानतलासीका क्रममा उनको साथबाट ३ हजार क्याप्सुल ट्रामाडोल बरामद भएको थियो।

पक्राउ परेका लामासँगको प्रारम्भिक सोधपुछका क्रममा उनले उक्त लागूऔषध हेटौँडा-१२ बस्ने अर्का व्यक्तिबाट खरिद गरेको बयान दिएका थिए। लामाको बयानको आधारमा प्रहरी टोली बिक्री गर्ने भनिएका व्यक्तिलाई पक्राउ गर्न गएको थियो । तर, ती व्यक्तिले प्रहरीलाई देख्नासाथ आफूले बोकेको झोला फालेर भागेका थिए ।

प्रहरीले उक्त झोला खोलेर हेर्दा थप ६ हजार क्याप्सुल ट्रामाडोल फेला पारेको हो । प्रहरीले बरामद गरिएको कुल ९ हजार क्याप्सुल ट्रामाडोलसहित प्रविन लामालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका लामालाई मकवानपुर जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। फरार रहेका अर्का व्यक्तिको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार