मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

मिर्चैया अस्पतालको पुरानो भवनबाट नगरपालिकाको सेवा सुरु

Ujyalosandeshonline 12455+ समाचार ( )
४ पौष २०८२, शुक्रबार

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्यालयका रूपमा प्रयोगमा ल्याउँदै प्रशासनिक तथा सेवामूलक कार्य सञ्चालन थालेको हो । जेनजी आन्दोलनका क्रममा मिर्चैया बजारमा अवस्थित नगरपालिकाको कार्यालय भवन पूर्ण रूपमा जलेर ध्वस्त भएपछि नगरपालिकाको नियमित सेवा प्रवाहमा चुनौती उत्पन्न भएको थियो । 

नगर प्रमुख श्रवणकुमार यादवका अनुसार नगरपालिकाको कार्यालय भवन कामै नलाग्ने गरी क्षतिग्रस्त भएपछि तत्काल वैकल्पिक व्यवस्था गरिएको हो । “नगरपालिकाको कार्यालय जलाइएपछि हामी केही समय अन्योलमा प¥यौँ, तर दुःखद र विषम परिस्थितिबीच पनि सम्भावनाको खोजी गर्यौँ । त्यसै क्रममा अस्पतालको यो पुरानो भवन उपयोगी देखियो । पुरानो नगर कार्यालयभन्दा यो भवन झन् फराकिलो र व्यवस्थित छ ।”

अस्पताल नयाँ भवनमा स्थानान्तरण भएपछि उक्त भवन प्रयोगविहीन अवस्थामा थियो । नगरपालिकाले भवनको सरसफाइ र सामान्य मर्मत सम्भार तथा रंगरोगन गरी कार्यालय सञ्चालन गरेको हो । नगर प्रमुख यादवले हाल नगरपालिकाको नियमित कामकाजमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले एउटै कोठाबाट दुईवटासम्म शाखा तथा फाँट सञ्चालन गरिएको जानकारी दिनुभयो । एकतले भवनमाथि ट्रस हालेर थप कोठा निर्माण गर्दै कार्यालय विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार