मुख्य समाचार
नवलपरासीको झरही पिडुरा दोभानमा गोही आरक्ष क्षेत्र बनाउन पहल, बढ्दै आन्तरिक तथा भारतीय पर्यटक | लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै, नीति तथा कार्यक्रममाथि छलफल टुंगिने | मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर | सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध | प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु | प्रधानमन्त्री शाहसँग राजदूत तथा मिसन प्रमुखको संयुक्त भेटवार्ता | प्यूठान–रोल्पामा विद्युत आपूर्ति अवरुद्ध भएपछि मुख्यमन्त्री आचार्यद्वारा तत्काल सुचारु गर्न ध्यानकर्षण | नगर उपप्रमुख अधिकारी–मन्तव्य | पुम्दीकोटमा भारतीय पर्यटक | किसानलाई क्षेत्रफलका आधारमा रासायनिक मल वितरण गरिने |
मुख्य समाचार
नवलपरासीको झरही पिडुरा दोभानमा गोही आरक्ष क्षेत्र बनाउन पहल, बढ्दै आन्तरिक तथा भारतीय पर्यटक | लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै, नीति तथा कार्यक्रममाथि छलफल टुंगिने | मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर | सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध | प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु | प्रधानमन्त्री शाहसँग राजदूत तथा मिसन प्रमुखको संयुक्त भेटवार्ता | प्यूठान–रोल्पामा विद्युत आपूर्ति अवरुद्ध भएपछि मुख्यमन्त्री आचार्यद्वारा तत्काल सुचारु गर्न ध्यानकर्षण | नगर उपप्रमुख अधिकारी–मन्तव्य | पुम्दीकोटमा भारतीय पर्यटक | किसानलाई क्षेत्रफलका आधारमा रासायनिक मल वितरण गरिने |


नवलपरासीको झरही पिडुरा दोभानमा गोही आरक्ष क्षेत्र बनाउन पहल, बढ्दै आन्तरिक तथा भारतीय पर्यटक

Ujyalosandeshonline 11370+ समाचार ( )
१३ जेठ २०८३, बुधवार

नवलपरासी । नवलपरासीको झरही र पिडुरा खोलाको दोभान कुण्डमा वर्षौँदेखि बस्दै आएका गोहीहरूको संरक्षणका लागि स्थानीयस्तरबाट सुरु भएको पहलसँगै यस क्षेत्रमा अवलोकनकर्ताहरूको चहलपहल बढ्न थालेको छ । प्रस्तावित गोही आरक्ष क्षेत्रको रूपमा चर्चा कमाउन थालेको यस स्थानमा अहिले आन्तरिक मात्र नभई भारतीय पर्यटकहरू समेत आउन थालेका छन् । पर्यटकको आगमन बढेसँगै यस क्षेत्रमा जोखिम समेत निम्तिन थालेकाले यसलाई व्यवस्थित र सुरक्षित बनाउनुपर्ने आवाज उठ्न थालेको छ ।

रामग्राम नगरपालिका-१७ पिपरहिया, पाल्हीनन्दन गाउँपालिका-३ कुश्मा र सरावल गाउँपालिका-४ पुर्नहा तथा ललितपुर गाउँको बीचमा रहेको करिब ५६ हेक्टर क्षेत्रफलको यो दोभान जलाशय क्षेत्रलाई गोही आरक्ष क्षेत्र घोषणा गर्न स्थानीयबासी जुटेका छन् । करिब १० किलोमिटर परिधि रहेको यस क्षेत्रमा दर्जनौँ साना-ठूला गोहीहरू रहेका छन् । वर्षायाममा झरही र पिडुरा खोलामा घुम्ने गोहीहरू हिउँद र गर्मीको समयमा पिडुराको कुण्डमा बस्ने गर्दछन् । जमिनमुनिबाट मूल निस्कने भएकाले पिडुरा खोलाको पानी कहिल्यै नसुकने हुँदा यो क्षेत्र गोहीका लागि सुरक्षित बासस्थान बनेको हो । गोहीकै डरका कारण यस क्षेत्रमा वन तथा खोलानालाको अतिक्रमण समेत रोकिएको छ, जसले गर्दा जलस्रोतको संरक्षणमा मद्दत पुगेको छ ।

यस क्षेत्रमा गोही मात्र नभएर नीलगाई, सर्प, २८ प्रजातिका माछा तथा सारससहित सयभन्दा बढी प्रजातिका चराचुरुङ्गीहरू समेत पाइने स्थानीयको दाबी छ । स्थानीयको माग र सरोकारवाला वातावरण बचाउ अभियानको चासोपछि डिभिजन वन कार्यालय नवलपरासीले यसलाई आरक्ष क्षेत्र बनाउन लुम्बिनी प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । वन कार्यालयका प्रमुख राजु क्षेत्रीले आगामी वर्षदेखि संरक्षणका कार्यक्रमहरू राखिने बताएका छन् भने जिल्ला वन समन्वय समितिका प्रमुख भगौती यादवले सामान्य खोलामा गोही भेटिनु गौरवको कुरा भएकाले सबैको सहकार्य आवश्यक रहेको औँल्याएका छन् ।

यद्यपि, उद्योग कलकारखानाबाट बगेर आउने प्रदूषित पानी र बाह्य प्रदूषण यस क्षेत्रका गोहीहरूका लागि ठूलो चुनौती बनेको वातावरण बचाउ अभियानका अध्यक्ष रामभवन यादवले बताए । प्रदूषण नियन्त्रण नगरिए गोहीको अस्तित्व नै संकटमा पर्ने उनको भनाइ छ । यस्तै, कहिलेकाहीँ गोहीले स्थानीयका बाख्राहरूलाई आक्रमण गर्ने गरेका कारण स्थानीयमा केही आक्रोश समेत पैदा हुने गरेको छ, जसलाई हाल सम्झाइबुझाइ शान्त पारिएको छ । यस क्षेत्रलाई व्यवस्थित तारबार गरी सुरक्षित बनाउन सके राम्रो पर्या-पर्यटकीय क्षेत्र बन्ने उद्योग वाणिज्य संघका लेखा संयोजक अर्जुन क्षेत्री बताउँछन् । गोही संरक्षणको यो अभियानमा साइन रेसुङ्गा बैंकको परासी शाखाले समेत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) मार्फत छिट्टै सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

भौगोलिक रूपमा तीनवटा पालिकाको संगमस्थल रहेको यो क्षेत्र पर्यटकीय दृष्टिकोणले निकै सुगम छ । यस जलाशयसँगै पाल्हीनन्दन-३ मा रहेको कुटी पार्क, अनरीमाई मन्दिर, उत्तरबाहिनी झरही नदी जस्ता सांस्कृतिक धरोहरहरू रहेका छन् । पूर्व-पश्चिम राजमार्गको बासादेखि महेशपुर जोड्ने सडक र भुतहा-महेशपुर सडकका साथै ३२ किलोमिटर लामो नेपाल गण्डक पश्चिमी नहरको सेवा सडकले यस क्षेत्रलाई जोडेकाले पर्यटकहरूका लागि आवतजावतमा कुनै समस्या छैन । धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण यस क्षेत्रलाई गोही आरक्ष घोषणा गरिएमा नवलपरासीकै पर्यटनमा ठूलो टेवा पुग्ने विश्वास स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार