मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |
मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |


विकासका योजना अधुरा रहे, पूर्णता दिन मेरो उम्मेदवारी: प्रमोद यादव

Ujyalosandeshonline 10783+ समाचार ( )
१७ फाल्गुन २०८२, आइतबार

भैरहवा ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट रुपन्देही क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रमोद कुमार यादवले आफ्नो निर्वाचन क्षेत्रमा विगतमा सुरु भएका तर विभिन्न कारणले अधुरा रहेका विकास योजनालाई पूर्णता दिन आगामी निर्वाचनमा आफ्नो जित आवश्यक रहेको बताउनुभएको छ।

भैरहवामा चुनावी अभियानका क्रममा आयोजित घरदैलो कार्यक्रम तथा मतदाता भेटघाटका अवसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उम्मेदवार यादवले आफू निर्वाचित हुँदा अघि बढाएका पूर्वाधारका महत्वाकांक्षी योजनाहरू वर्तमान नेतृत्वको उदासीनता र कमजोर कार्यान्वयन क्षमताका कारण अलपत्र परेको गुनासो गर्नुभयो। उहाँका अनुसार विकासको निरन्तरता नहुनु नै क्षेत्रको पछौटेपनको मुख्य कारण बनेको छ।

यादवले विशेष गरी सडक पूर्वाधारको विषय उठाउँदै झुलनीपुरदेखि पुर्निहवा हुँदै कालिदह र बिथरीदेखि मर्जादपुर हुदै सेमरा सीमासम्मको सडक निर्माण योजना उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो। “मैले आफ्नो कार्यकालमा ती सडकका लागि झण्डै २५ करोड रुपैयाँ बजेट विनियोजन गराएको थिएँ,” उहाँले भन्नुभयो, “त्यसमध्ये करिब १६ करोड रुपैयाँ बराबरको काम सम्पन्न भइसकेको थियो, तर बाँकी काम समयमै अघि बढ्न नसक्दा अहिले पनि स्थानीयले धुलो, हिलो र जोखिमपूर्ण यात्रा सहनुपरेको छ।”

उम्मेदवार यादवका अनुसार बजेटको अभाव होइन, बरु नेतृत्वमा इच्छाशक्ति, कार्यदक्षता र नियमित अनुगमनको कमीका कारण विकास निर्माणका काम सुस्त बनेका हुन्। “बजेट कागजमा भएर मात्र विकास हुँदैन,” उहाँले स्पष्ट पार्नुभयो, “इँटा, बालुवा, सिमेन्ट जस्ता सामग्रीको व्यवस्थापनदेखि कामदार र प्राविधिक खटाएर समयमै गुणस्तरीय काम गराउने क्षमता नेतृत्वमा हुनुपर्छ। त्यसका लागि निरन्तर फिल्डमा पुगेर अनुगमन गर्ने जाँगर आवश्यक छ।”

यादवले आफू जनप्रतिनिधि हुँदा विकासका कामलाई प्राथमिकतामा राखेर अघि बढेको दाबी गर्दै सडकसँगै खानेपानी, सिँचाइ, शिक्षा र स्वास्थ्य पूर्वाधारमा पनि उल्लेखनीय पहल गरेको स्मरण गर्नुभयो। उहाँका अनुसार ग्रामीण भेगका बस्तीहरूलाई सदरमुकामसँग जोड्ने सडक विस्तार, विद्यालय भवन निर्माण, स्वास्थ्य चौकी सुदृढीकरण र साना सिँचाइ आयोजना उनका प्रमुख उपलब्धि मध्ये पर्दछन्।

घरदैलो अभियानका क्रममा भेटिएका मतदाताहरूले समेत अधुरा योजनाप्रति चासो र असन्तुष्टि व्यक्त गर्ने गरेको यादवले बताउनुभयो। “जनताले मलाई एकै कुरा भन्छन्—सुरु भएको काम किन रोकियो ?” उहाँले भन्नुभयो, “मैले उनीहरूलाई स्पष्ट रूपमा भन्छु, काम रोकिएको होइन, नेतृत्वको प्राथमिकताबाट बाहिर परेको हो। त्यसलाई फेरि प्राथमिकतामा ल्याउन म उम्मेदवार बनेको हुँ।”

उम्मेदवार यादवले आगामी निर्वाचनलाई विकास र स्थायित्वको दिशामा मोड्ने अवसरका रूपमा लिन मतदातासमक्ष आग्रह गर्नुभएको छ। उहाँले राजनीतिक दल वा चुनाव चिन्हभन्दा माथि उठेर आफ्नो व्यक्तिगत कार्यक्षमता, अनुभव र विकासप्रतिको प्रतिबद्धताको आधारमा मतदान गर्न अपिल गर्नुभयो। “जनताले अहिले भाषण होइन, काम खोजिरहेका छन्,” उहाँले जोड दिनुभयो, “र त्यो काम गर्न सक्ने पात्रका रूपमा मलाई विश्वास गरेका छन्।”

यसैबीच, यादवले निर्वाचन जितेपछि आफ्नो क्षेत्रमा दीर्घकालीन विकासको खाका तयार गरी चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। उहाँका अनुसार सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्दै कृषि उत्पादनलाई बजारसँग जोड्ने, युवा रोजगारी सिर्जना गर्ने र आधारभूत सेवामा समान पहुँच सुनिश्चित गर्ने योजना छ। “विकास भनेको केवल सिमेन्ट र डामर मात्र होइन,” उहाँले भन्नुभयो, “मानव विकास, रोजगारी र जीवनस्तर सुधार पनि विकासकै हिस्सा हुन्।”

चुनावी माहोल बढ्दै जाँदा रुपन्देही क्षेत्र नं. ४ मा प्रतिस्पर्धा चर्किँदै गएको छ। तर यादवले आफूलाई अनुभवी, परीक्षण भइसकेको र परिणाम दिन सक्ने उम्मेदवारका रूपमा प्रस्तुत गर्दै मतदाताको विश्वास जित्ने प्रयास तीव्र बनाउनु भएको छ। “अधुरा योजनालाई पूर्णता दिनु मेरो मुख्य एजेन्डा हो,” उहाँले अन्त्यमा भन्नुभयो, “त्यसका लागि सूर्य चिन्हमा मतदान गरी मलाई अवसर दिन म सबै मतदातासमक्ष हार्दिक अपिल गर्दछु।”

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै