मुख्य समाचार
सुदूरपश्चिम खेलको उर्वर भूमि होः मुख्यमन्त्री भट्ट | बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति | चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध | बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह | रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा | नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड | बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात | बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे | गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध |

प्रदेशको स्रोत र क्षेत्राधिकार संघले कब्जा गर्यो : अध्यक्ष यादव

Ujyalosandeshonline 12498+ समाचार ( )
२७ जेठ २०८२, सोमबार

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेशलाई स्रोत र जनशक्ति केही पनि नभएको बताएका छन् । संघीयताको दृष्टिमा आर्थिक वर्ष २०८२।०८३ बजेट छलफल कार्यक्रममा उनले प्रदेशलाई स्रोत र जनशक्ति एकदमै न्यून भएको भन्दै संघले सबै कब्जा गरेर बसेको बताए ।  

उनले भने, ‘संघीय वित्तियताले काम गरेको छैन् । क्षेत्राधिकार पनि एकदमै कम छ । प्रदेशलाई स्रोत पनि छैन् र भएको पनि एकदमै न्यून छ । जनशक्ति छैन्, संघले सबै कब्जा गरेको छ र पावर पनि छैन्, एकदमै सिमित छ । यो आधारमा काम गर्दा जुन लाभ संघीय प्रणालीबाट हुनसक्थ्यो त्यो हुन पाएको छैन् ।’

यस्तै, उनले स्थानीय तहको क्षमता विकासमा अगाडि बढ्नुको सट्टा प्रशासकीय अधिकृतहरुलाई दुईतीन महिनामा चलाएर हैरान पारेको भन्दै प्रदेशमा पनि पाँचदश प्रतिशत मात्र बजेट राखेको बताए । 

संघीयता कार्यान्वयन गर्ने भन्ने तर काम भने नगर्ने प्रवृत्ति भएकाले यसलाई सुधार गर्नुपर्ने पनि बताए । उनले भने, ‘सरकारमाथि एउटा आशंका जहिले पनि छ । संघीयता कार्यान्वयन गर्न चहदैँन् । संघीयता कार्यान्वयन नगर्ने हो भने सरकार, दल र नेता प्रष्ट रुपमा अगाडि आउनुपर्यो । संघीयता कार्यान्वयन गर्ने पनि भन्ने तर काम भने नगर्ने प्रवृत्ति सुधार गर्नुपर्छ ।’ 

सोही कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले अझै पनि ८० प्रतिशतभन्दा बढी स्थानीय सरकारको बजेट संघीय सरकारको अनुदानमा निर्भर रहेको भन्दै आफ्नै स्रोतबाट राजस्व उठाउने क्षमता अझै पनि धेरै पालिकामा कमजोर भएको बताइन् ।  

उनले भनिन्, ‘२०८२।०८३ को संघीय बजेट स्थानीय सरकारको दृष्टिकोणबाट हेर्दा थुप्रै सकारात्मक पक्षहरु पनि छन् । डिजिटल प्रविधिमा जोड दिने, सामाजिक सुरक्षा, सहकारीका विषय, स्वास्थ्य र खेलकुदमा पनि राम्रै बजेट राखिएको छ । यसको साथै सुधार र चुनौतीको विषयमा अधिकांश स्थानीय बजेट कसरी बन्छ भन्दा संघीय सरकारबाट आएको अनुदानले नै निर्धारण गर्छ । अझै पनि ८० प्रतिशतभन्दा बढी स्थानीय सरकारको बजेट संघीय सरकारको अनुदानमा निर्भर हुन्छ । आफ्नै स्रोतबाट राजस्व उठाउने क्षमता अझै पनि धेरै पालिकामा कमजोर छ ।’  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार