मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

दुर्गा प्रसाईंको आडमा व्यावसायीहरुलाई धम्की दिने व्यक्ति पक्राउ

Ujyalosandeshonline 12461+ समाचार ( )
१४ मंगशिर २०८१, शुक्रबार

काठमाडौं । व्यवसायीहरुलाई भारतीय नम्बरबाट फोन तथा म्यासेजमार्फत् धम्की दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउपर्ने आरोपित व्यक्तिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निर्देशनमा आफूले व्यवसायीहरुलाई धम्की दिएको बताएका छन् ।

झापाको मेचीनगर नगरपालिका–१३ चारआली बस्दै आएका पाँचथरको मौवाका स्थायी बासिन्दा ३६ वर्षीय नवीन प्रधान भनिने हरिचन्द्र फुयाँललाई प्रहरीले पक्राउ गरेको हो । फुयाललाई मंसिर १३ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले झापाको चारआलीबाट पक्राउ गरेको जनाएको छ ।

फुयालले प्रसाईंको निर्देशनमा आफू भारतीय आपराधिक समूह ‘लरेन्स बिश्नोइको सदस्य हुँ’भन्दै धम्की दिइ आपराधिक लाभ लिन खोजेको प्रहरीले बताएको छ ।

फुयाललाई पक्राउ गरी प्रारम्भीक अनुसन्धान गर्दा भारतीय आपराधिक समूहको नामबाट व्यावसायीहरुलाई धम्की दिने कार्य मेडिकल व्यवसायी प्रसाईंको निर्देशनमा भएको पाइएको प्रहरीले जनाएको छ । फुयाँल यसभन्दा पहिले विभिन्न कसुरमा संलग्न भई फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार