मुख्य समाचार
उपल्लो मुस्ताङ जाँदै पर्यटक | सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व सङ्कलन | बेलहिया सीमा क्षेत्रमा प्रहरीको कारबाही: कारसहित साढे ३१ लाखको सामान बरामद | राजमार्गमा पहिरो | प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’ | चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण | सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराई प्रशंसापत्रसहित सम्मानित | बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा | रास्वपा रोहिणी-४ मा टोल समिति गठन, सभापतिमा नागेश्वर कुर्मी | मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो |

सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व सङ्कलन

Ujyalosandeshonline 12127+ समाचार ( )
८ भाद्र २०८३, सोमबार

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा गत साउन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार सवारी साधन कारबाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार प्रदेशमा सो महिनामा पाँच हजार २०२ सवारी कारबाही परेका हुन् । सवारी कारबाहीबाट प्रहरीले ४३ लाख ६३ हजार ५०० रकम राजस्व सङ्कलन गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार साउनमा सुदूरपश्चिममा २२३  सवारी दुर्घटना भएका थिए । यसमा १५ जनाको मृत्यु भएको थियो भने ३२४ जना घाइते भएका थिए । दुर्घटनामा ३२९ सवारी संलग्न रहेका थिए ।

उहाँका अनुसार १८१  दुर्घटना चालकका कारण भएका छन् भने नौ  मादक पदार्थ सेवनका कारण दुर्घटना भएका छन् । त्यसैगरी, सवारी साधनका कारण चार, पैदल यात्रीका कारण १२, चौपायाको कारण १५, मौसमका कारण एक र सडकका कारण एक वटा दुर्घटना भएको प्रहरी तथ्याङ्क रहेको छ । “ट्राफिक नियम उल्लङ्घन गर्ने र क्षमताभन्दा बढी यात्रु तथा मालसमान बोक्ने सवारीसाधनलाई कारबाही गर्ने गरिएको छ,” प्रवक्त विष्टले भन्नुभयो। “सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतनामूलक कार्यक्रम समेत गरिँदै आएको छ ।”

त्यसैगरी, प्रहरीले एक करोड ६९ लाख ५७ हजार ७८२ मूल्य बराबरको भन्सार छली ल्याएको सामान नियन्त्रणमा लिएको छ । प्राकृतिक सम्पदा दोहनमा संलग्न २४ वटा सवारीसाधन बरामद गरी रु दुई लाख ५४ हजार ५०० जरिवाना असुल गरिएको छ । यसमा संलग्न नौ जना मानिसलाई पनि पक्राउ गरिएको थियो । अवैध वन पैदावार चोरीमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर ७१४ क्युफिट काठ बरामद गरेर आठ लाख तीन हजार राजस्व सङ्कलन भएको छ । अवैध पशुपन्छी नियन्त्रणबाट प्रहरीले रु एक लाख २६ हजार राजस्व सङ्कलन गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार