मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |
मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |


महानगरमा सेवाग्राही सर्वेक्षण : ६६ प्रतिशत अनलाइन सेवाको पक्षमा

Ujyalosandeshonline 12321+ समाचार ( )
२१ भाद्र २०८१, शुक्रबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरेको सेवाग्राही सर्वेक्षणमा सहभागी ५१७ जना उत्तरदातामध्ये ३३९ जना (६६प्रतिशत) ले अनलाइन सेवा होस् भन्ने धारणा व्यक्त गरेका छन् । ३२७ जना अर्थात् ६३ प्रतिशतलाई महानगरपालिकाले उपलब्ध गराएको निःशुल्क एम्बुलेन्सबारे थाहा पाएको बताए ।

४७ प्रतिशतले निःशुल्क टोल फ्री टेलिफोन सुविधा छ भन्ने थाहा पाएको बताए । ६२ प्रतिशतले नगरसभा र कार्यपालिकाको बैठक लाइभ आउँछ भन्ने थाहा पाएको बताए । 

महानगरपालिकामा सेवा लिएर फर्किएपछि गरिएको सर्वेक्षणका क्रममा इच्छा राख्ने सेवाग्राहीलाई फाराम भर्न दिइएको थियो । गएको साउन ३ गते सुरु भएको सर्वेक्षण १७ गतेसम्म चलेको थियो । सर्वेक्षणमा सहभागी ५१७ जनामध्ये १३४ जना अर्थात् २६ प्रतिशत महिला र ३८३ जना पुरुष थिए । 

यसैगरी १०६ जना अर्थात् २१ प्रतिशत काठमाडौँ महानगरपालिकाको मतदाता थिए । गैरमतदाता ६३ जिल्लाका व्यक्तिहरू थिए । यसमा सबैभन्दा बढी रौतहटबाट ३२ जना अर्थात् ६ प्रतिशत थिए । शैक्षिक योग्यताका हिसाबले सबैभन्दा बढी स्नातक वा सो भन्दा माथि शैक्षिक योग्यता भएका १८६ जना (३६प्रतिशत) सहभागी भएका थिए । संलग्नताका दृष्टिले सबैभन्दा धेरै विद्यार्थी २२३ जना (४३ प्रतिशत)) थिए । सबैभन्दा कम दैनिक ज्यालादारी, मजदुरी गर्ने १३ जना (३ प्रतिशत) थिए । 

सर्वेक्षणमा सहभागी भएका मध्ये १३० जना (२५ प्रतिशत) ले मात्र काठमाडौं महानगरपालिकाको वेबसाइट प्रायः हेर्ने कुरा बताए । २६ प्रतिशतले अहिलेसम्म नहेरेको कुरा बताए । ३५९ जना अर्थात् ६९ प्रतिशतले वेबसाइट हेर्नुको मुख्य कारणमा सूचना प्राप्त गर्न भन्ने जवाफ दिएका थिए ।

२९ प्रतिशत सेवाग्राही वेभसाइटबाट आफू अति नै सन्तुष्ट रहेको बताए । २२८ जना (४४ प्रतिशत ) ले केही मात्रामा सन्तुष्ट रहेको विचार राखे । ४० जना (८ प्रतिशत)ले असन्तुष्टि व्यक्त गरे । 

सेवा प्राप्त गर्न लागेको समयका विषयमा गरिएको सर्वेक्षणमा ३२१ जना (६२ प्रतिशत) ले  सेवाग्राहीले समयमै काम सकिएको बताए । २९६ (५७ प्रतिशत ) जनाले एक घण्टा भित्रै काम सकिएको बताए । 

२८९ जना (५६ प्रतिशत) सेवाग्राहीले सेवा लिन बढीमा दुई जना कर्मचारी भेट्नु परेको थियो । सेवाको गुणस्तरमा ३१६ जनाले राम्रो लागेको बताए । जुन कूल सहभागीको ६१ प्रतिशत हो । महानगरपालिकाका राम्रा सेवा बारे अरुलाई पनि जानकारी गराउँछु भन्ने ४६२ जना अर्थात् ८९ प्रतिशत थिए । ३३१ जना अर्थात् ६४ प्रतिशतले कार्यालयको भौतिक स्वरूप राम्रो लागेको बताए ।

१०८ जना (२१ प्रतिशत ) ले खोजेको जस्तो सेवा नपाएकोले सेवा चित्त नबुझेको बताए । ४७ जना (९ प्रतिशत) ले कर्मचारीले राम्रो व्यवहार नगरेको बताए । १६३ जना (३२) ले सेवा चित्त नबुझेका सम्बन्धमा उजुरी गर्न चाहने कुरा बताए । 

पछिल्लो समयमा लिएको सेवाका विषयमा ५१७ मध्ये १८४ जना (३६ प्रतिशत) ले पछिल्लो १२ महिनाभित्र सेवा लिएको बताएका थिए । सेवामा आएको फरकपनका सम्बन्धमा १३९ जना (२७ प्रतिशत) ले धेरै नै सुधार आएको बताएका थिए भने १५ जना (३ प्रतिशत) ले झन बिग्रेर गएको विचार व्यक्त गरे । 

१९७ जना (३८%) ले सेवाको पहुँचलाई सरल बनाउने, ९७ जना (१९ प्रतिशत) ले अनलाइन सेवाहरूमा सुधार वा विकास गर्ने, ६८ जना (१३ प्रतिशत ) ले कर्मचारीको व्यवहार सुधार्ने, ४५ जना (९ प्रतिशत) ले सेवाको गुणस्तर अभिवृद्धि गर्ने, ३४ जना (७ प्रतिशत) ले सेवा लिन लाग्ने समय घटाउने, १० जना (२ प्रतिशत) ले सेवाको लागत घटाउने र ४८ जना (९ प्रतिशत ) ले अन्य सुझाव दिएका थिए ।

सर्वेक्षणले देखाएको अवस्थाका बारेमा प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार भन्छन्, ‘सर्वेक्षणले देखाएको सबल पक्षहरूलाई संस्थागत गर्दै सेवाग्राहीहरुबाट व्यक्त विचारहरूका आधारमा सुधार गर्नुपर्ने कुरालाई नीतिगत तथा क्रमिक तवरले सम्बोधन गर्दै लगिनेछ ।’

आगामी वर्ष यही समयमा एउटै विधिबाट सेवाग्राही सर्वेक्षण गरी सेवाप्रवाहको स्थितिको तुलना गरिने उनको भनाइ छ । सर्वेक्षण कार्यको संयोजन गरेका निर्देशक प्रह्लाद घिमिरेका अनुसार तीन जना कर्मचारी र तीन जना प्रशिक्षार्थी विद्यार्थीको परिचालन गरेर सर्वेक्षण कार्य सम्पन्न गरिएको हो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार