आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ

Ujyalosandeshonline 11142+ समाचार ( )
२५ चैत्र २०८१, मङ्गलबार

रौतहट । आफ्नै छोरीलाई करणी गरेको आरोपमा पर्सा प्रहरीले बुवालाई पक्राउ गरेको छ । नेकमेकबाट साइबर टिपलाइन रिपोर्ट २०७९६२८८६ को आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र साइबर ब्युरो भोटाहिटी काठमाडौँको संयुक्त प्रहरीको टोलीले बुवालाई पक्राउ गरेको हो । 

बाल यौन शोषण सामग्री सहितको भिडियो भएको मोबाइल पनि प्रहरीले  नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए । 

उनका अनुसार आफ्नै छोरीलाई बाल यौन शोषण सामग्री देखाएर बलात्कार गरेको र उक्त घटनाको भिडियो समेत गुगल ड्राइभमा सङ्ग्रह गरेको खुलासा भएको छ । डिजिटल प्रविधिको दुरुपयोग गरी आफ्नै छोरीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा बुवालाई  पक्राउ गरि अनुसन्धान थालिएको उनले बताए । 

पक्राउ परेका बुवाको परिचय भने प्रहरीले गोप्य राखेको छ । उनी विरुद्ध करणी सम्बन्धी कसुर तथा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको मुद्दामा अनुसन्धान सुरु गरेको प्रहरीले जारी गरेको विवरणमा उल्लेख गरेको छ । उनी विरुद्ध पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप भैसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार