मुख्य समाचार
बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद | भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको कपडा नवलपरासीमा पक्राउ | विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ | गुल्मी जिल्ला प्रशासनको सेवामा सुधार, एकद्वार प्रणाली र QR भुक्तानीको माग | केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ | बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट | कांग्रेस १५औँ महाधिवेशनः वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म | लोमान्थाङमा यार्तुङ पर्वको रौनक | सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी | मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना |

सिद्धेश्वर बहुउद्देश्यीय सहकारीको अध्यक्षमा घनश्याम पौडेल सर्वसम्मत निर्वाचित

Ujyalosandeshonline 12077+ समाचार ( )
५ पौष २०८२, शनिबार

अर्घाखाँची । अर्घाखाँचीको श्री सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले घनश्याम पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा प्रेमनारायण पौडेल, सचिवमा मित्रदेव पौडेल, कोषाध्यक्षमा अमृता पौडेल र सदस्यहरूमा मुमबहादुर विक, मनमोहन थापा, हिमलाल पौडेल, कविता पौडेल तथा गोमा पौडेल चयन हुनुभएको छ ।

त्यसैगरी, विभिन्न समितिहरूतर्फ ऋण लगानी समिति संयोजकमा हिमलाल पौडेल, लेखा सुपरिवेक्षण समिति संयोजकमा लिलापती पौडेल र शिक्षा समिति संयोजकमा गोविन्द पौडेलसहितको टोली निर्वाचित भएको छ । संस्थाका अध्यक्ष घनश्याम पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा अध्यक्ष कृष्ण प्रसाद पौडेल, नेपाली कांग्रेसका नेता इन्द्रामणी पौडेल, विभिन्न विद्यालयका प्रधानाध्यापक, स्थानीय बुद्धिजीवी तथा सेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सो अवसरमा सहकारीले उत्कृष्ट विद्यार्थी, ज्येष्ठ नागरिक र विभिन्न विधामा सक्रिय सेयर सदस्यहरूलाई सम्मान समेत गरेको थियो । संस्थाका सचिव पुष्कर पौडेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमले संस्थाको आगामी नेतृत्व र कार्ययोजनालाई थप उत्साहका साथ अघि बढाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै