मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन

Ujyalosandeshonline 12441+ समाचार ( )
२२ श्रावण २०८३, शुक्रबार

जनकपुरधाम । यहाँस्थित मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले एक वर्षमा चार करोड ३८ लाख भुरा उत्पादन गरेको छ । केन्द्रका प्रमुख ज्ञानबहादुर जिरेलका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा केन्द्रले चार करोड ३८ लाख ह्याचलिङ, ३२ लाख फ्राइ भुरा, १३ लाख ८२ हजार फिङ्गरलिङ तथा दुई हजार ५३ किलो खाने माछा उत्पादन गरी बिक्री वितरण गरेको हो । भुरा बिक्रीबाट रु ३४ लाख ३५ हजार ५३६ आम्दानी भएको छ । 

यसैबीच, केन्द्रले सरकारी सम्पत्ति बहालबाट रु तीन लाख २४ हजार ३०० तथा अन्य प्रशासनिक सेवा प्रवाहबाट रु ५९ हजार आम्दानी गरेको छ । केन्द्रबाट उत्पादित भुरा मधेस प्रदेशका धनुषा, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सासहित बागमती प्रदेशका काठमाडौँ, सिन्धुली, रामेछाप र दोलखा तथा कोशी प्रदेशका सुनसरीलगायतका जिल्लाका किसानले खरिद गर्दै आएका छन् ।

केन्द्रले रहु, नैनी, भाकुर, कमन कार्प, सिल्भर कार्प, बिगहेड कार्प र ग्रास कार्पका भुरा उत्पादन गर्दै आएको छ । गत आर्थिक वर्षमा केन्द्रले चार करोड ७५ लाख पाँच हजार ह्याचलिङ, ३२ लाख ३६ हजार फ्राइ भुरा, १२ लाख ६२ हजार फिङ्गरलिङ तथा दुई हजार किलो खाने माछा उत्पादन गरेको थियो । केन्द्रले निजी क्षेत्रका ह्याचरी सञ्चालकलाई तालिम तथा प्राविधिक ज्ञान  दिँदै आएको छ । विसं २०१८ मा स्थापना भएको केन्द्रमा ७८ वटा माछापोखरी रहेकामा १९ वटा पोखरी प्रयोगविहीन छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार