मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

Ujyalosandeshonline 12455+ समाचार ( )
२१ श्रावण २०८३, बिहीबार

जनकपुरधाम । धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले प्रतिपरिवार एक सिलिन्डर मात्र बिक्री गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला निकाय, ग्यास उद्योग तथा बिक्रेताको संयुक्त बैठकले ग्यासको सहज आपूर्ति र समानुपातिक वितरण सुनिश्चित गर्न प्रतिपरिवार एक सिलिन्डर मात्र बिक्री गर्ने निर्णय गरेको हो ।

बैठकले जिल्लामा रहेका एलपिजी ग्यास उद्योगले दैनिक बिक्री हुने ग्यासको विवरण अभिलेख राखी समानुपातिक रूपमा वितरण गर्ने, धनुषालाई प्राथमिकतामा राखेर ग्यास आपूर्ति गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिनुभयो । त्यसैगरी, ग्यास बिक्रेताले एक परिवारलाई एक सिलिन्डर मात्र बिक्री गर्दा उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने, व्यावसायिक प्रयोजनभन्दा घरेलु उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर ग्यास बिक्रीवितरण गर्नुपर्ने निर्णय भएको प्रजिअ लुइँटेलले बताउनुभयो । 

कृत्रिम अभाव सिर्जना हुन नदिन आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गर्दै ग्यास बिक्री वितरणका क्रममा बढी नाफा कमाउने उद्देश्यले अनुचित भण्डारण गर्ने, सहज आपूर्ति नगर्ने, बढी मूल्य लिने वा गलत नियतले कालोबजारी गर्ने व्यवसायीलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रजिअ लुइँटेलको भनाइ छ । जिल्ला प्रशासन कार्यालयले संयुक्त बजार अनुगमनलाई तीव्र बनाउने तथा माग, आपूर्ति र बिक्रीवितरणको नियमित अनुगमन गरी आवश्यक नियमन गर्ने निर्णयसमेत गरेको छ । पछिल्ला दिनमा ग्यासको आपूर्तिमा देखिएको असहज अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले ग्यास डिपोहरुको नियमित अनुगमन गरिरहेको जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार