मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

कैलाली–कञ्चनपुरका किसानहरूलाई उद्यमशील बनाउँदै सुरो नेपाल

Ujyalosandeshonline 12611+ समाचार ( )
८ जेठ २०८२, बुधवार

कैलाली र कञ्चनपुर जिल्लाका किसानहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउने अभियानमा सुरो नेपाल संस्था निरन्तर रूपमा सक्रिय रहँदै आएको छ । संस्था विगत ३–४ वर्षदेखि यी दुबै जिल्लाका किसानहरूलाई हाते ट्याक्टर र विभिन्न कृषि औजारहरू उपलब्ध गराउँदै सहयोग गर्दै आइरहेको छ ।

सुरो नेपालले हालसम्म करिब तीन हजार किसानलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याएको छ । तीमध्ये करिब ५ सय किसानलाई हाते ट्याक्टर र अन्य औजार उपलब्ध गराएर उनीहरूलाई आधुनिक कृषि प्रणालीमा जोड्न सहयोग पु¥याइएको छ । यस अभियानले किसानहरूको उत्पादन क्षमता वृद्धि गर्नुका साथै उनीहरूलाई आत्मनिर्भर बन्न प्रेरणा दिएको छ ।

सुरो नेपाल संस्था समाजसेवी सुसिला खड्काको सक्रियतामा सञ्चालित छ । समाजसेवा क्षेत्रमा लामो समयदेखि क्रियाशील रहिआएकी खड्काले किसानहरू मात्र नभई बालबालिका तथा गरिब, दुःखी, अपाङ्ग व्यक्तिहरूलाई समेत विविध रूपमा सहयोग गर्दै आएकी छन् । 

सुसिला खड्काले भनेकी छिन्, ‘हामीले गरेको सानो सहयोगले कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने विश्वासका साथ यो अभियान निरन्तरता दिइरहेका छौँ ।’स्थानीय तहदेखि संघीय सरकारसम्म, यस्ता संस्थागत पहलले कृषक वर्गको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरू बताउँछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार