मुख्य समाचार
एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग | दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त | डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन | भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव |

अर्घाखाँची जीप दुर्घटना: ९ जना घाइते, एकको अवस्था गम्भीर

अनिल नेपाली 141+ समाचार ( )
८ कार्तिक २०८२, शनिबार

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार, छत्रदेव गाउँपालिका-७ ढिकुराबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ४३५२ नम्बरको जीप छत्रदेव गाउँपालिका-५ को दोहोरो चौपारीमा दुर्घटनामा परेको हो ।

प्रारम्भिक अनुसन्धानअनुसार जीपको ब्रेक फेल भई पक्की सडकमा अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका ७० वर्षीय भोजराज भुषाललाई जिल्ला अस्पताल अर्घाखाँचीमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ । अन्य आठ जना घाइतेहरुको अर्घाखाँची अस्पतालमा उपचारपछि घर पठाइएको शर्माले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार