मुख्य समाचार
एरिका र दीपेन्द्र ‘हाम्रो खेलकुद’ वर्ष खेलाडी | भन्सार छलीका समानसहित एक जना पक्राउ | भूमिहिन र सुकुमवासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध | रेसुंगा माविमा 'नमुना संघीय संसद': विद्यार्थीले गरे वास्तविक संसद्कै शैलीमा अभ्यास | ग्यासको अभाव छैन : निगम | मृतक मेहताका परिवारसँगको संवाद सकारात्मक, शव परीक्षणका लागि तयार | नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर | प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी | सवारी कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन | दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउनुहुने |

कमाण्डो तालिमको दीक्षान्त समारोह सम्पन्न

Ujyalosandeshonline 11917+ समाचार ( )
११ चैत्र २०८१, मङ्गलबार

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको जर्गाह स्थित नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय मा संचालित कमाण्डो (प्रहरी विशेष कला तथा कारबाही) तालिमबाट १०५ जना प्रहरी दिक्षित भएका छन् ।

९० दिनसम्म संचालित दशौं समूहको कमाण्डो तालिमबाट प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १५ जना र प्रहरी जवान ८४ जना गरी कुल १०५ जना प्रहरी दिक्षित भएको प्रहरी प्रधान कार्यालयको समाचार कक्षले जनाएको छ ।

कमाण्डो तालिमको दिक्षान्त समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्नेलाई पुरस्कार तथा प्रशिक्षक एवं तालिम सफल पार्न उल्लेखनीय योगदान पुर्याउनेलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

महानिरीक्षक थापाले प्रहरीमा संचालन हुने तालिमहरुमध्ये सबैभन्दा कठिन मानिने यस तालिम पुरा गर्नु आफैमा एउटा ठूलो उपलब्धि भएको बताए । तालिमले प्रहरी कारवाहीको सिलसिलामा आइपर्ने सम्भावित चुनौतिपूर्ण गतिविधिहरुमा आवश्यक पर्ने विशेष रणनीति, ज्ञान, सीप तथा कलाहरुको सापेक्ष प्रयोग गरी कार्यसम्पादन गर्न सक्ने योग्य जनशक्ति तयार गरेको बताए ।

उनले शारीरिक र मानसिक तन्दरुस्तीका साथै व्यक्तिगत इच्छाशक्ति, निष्ठा, स्वविवेक र साहसको पनि धेरै आवश्यक पर्ने यस तालिमबाट आर्जन गरेको प्रहरी कार्यका ज्ञान र सीपले कार्यक्षेत्रमा व्यावसायिक सफलता मिल्ने विश्वास व्यक्त गरे।

समारोहमा प्रशिक्षार्थीहरुले बाधापार डेमोन्स्ट्रेशन, हतियार खोलजोड डेमोन्स्ट्रेशन, स्याण्ड मोडल ब्रिफिङ, होस्टेज रेस्क्यू अप्रेशन डेमोन्स्ट्रेशन, इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ डेमोन्स्ट्रेशन, खाली हात लडाई डेमोन्स्ट्रेशन, एक्सप्लोसिभ अर्डिनान्स डिस्पोजल डेमोन्स्ट्रेशन समेत प्रदर्शन गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार