मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

बाजुरामा जिप दुर्घटना हुँदा दुई जना घाईते, कोल्टी अस्पतालमा उपचार हुँदै

Ujyalosandeshonline 12547+ समाचार ( )
२२ अशोज २०८२, बुधवार

बाजुरा । बाजुरामा जिप दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । बुधबार दिउँसो बाजुराको जगन्नाथ गाउँपालिका वडा.नम्बर १ गेडेखोलास्थित कर्णाली करिडोरमा दुर्घनामा परेको हो । ग्यारेजमा जिप मर्मत गरि सडकमा ल्याएर चेकजाँच गर्ने क्रममा जिप एक्कासी अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सुचना अधिकारी देववहादुर चौतरीले बताए ।

उनका अनुसार स्वामिकार्तिक खापरगाउँपालिका वडा नम्बर दुई बस्ने अन्दाजी २६ बर्षका दिल बहादुर बुढाले चलाएको सु.प.प्र.०१–००१ ज १२३२ नम्बरको जिप अनियन्त्रित भई पल्टिएको बताएका छन्।

जिप सडकबाट करिब ७५ मिटर तल खसेको हो । दुर्घटनामा परि दुई जना घाईते भएका छन् भने चालक सकुशल रहेका छन्। घाईते हुनेमा गौमुल गाउँपालिकाका अन्दाजी १८ बर्षका सन्तोष बोहरा र वतन नखुलेका खुदिर कुमार ग्यारेजको मिस्त्री रहेका छन्। घाईते दुबै जनाको हात,खुट्टा र टाउकोमा चोट लागेको र  उपचारको लागी कोल्टी आधारभूत अस्पताल ल्याईएको बताईएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार