मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

न्यू इएर इभमा नान्समा यमन ब्याण्डको प्रस्तुति

Ujyalosandeshonline 12456+ समाचार ( )
१५ पौष २०८१, सोमबार

भैरहवा । अँग्रेजी नयाँ वर्ष २०२५ लाई लक्षित गर्दै भैरहवाको चारतारे होटल नान्सले आफना ग्राहकहरुका लागी सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । होटलका महाप्रबन्धक सुनिल श्रेष्ठका अनुसार न्यू इएर इभका दिन राती होटलको स्वीमिङ पुल साइडमा सांगीतिक माहोलसहितको कार्यक्रम आयोजना हुनेछ । महाप्रबन्धक श्रेष्ठका अनुसार यमन ब्यान्डको प्रस्तुतिका साथै चर्चित डान्सर मनिषाको समेत नृत्य रहेको बताए । इभमा सांगीतिक कार्यक्रममा सहभागी हुन प्रवेश निःशुल्क रहेको र आफूलाई मनपर्ने विभिन्न खानाका परिकार मेनु अनुसार अर्डर गरी खान सकिने श्रेष्ठले बताए ।

उता होटलमा बस्न आउने ग्राहकका लागि एक रातको ७ हजार रुपैयाँको अफर ल्याएको छ । अफर अनुसार एक रात बास बसेको, रात्री बुफेट डिनर र बिहानको ब्रेकफास्ट सो रकममा २ जना (कपल) को लागि उपलब्ध रहेको होटलले जनाएको छ । चारतारे नान्स होटल भैरहवाको देवकोटाचोकमा अवस्थित छ । होटलमा स्वीट र डिलक्स गरी ६० कोठा छ भने कुची भ्वय नामको नेवारी रेष्ट्रो र क्याफे थर्टिन्थ स्ट्रीट नामको २४ घण्टे कफी सप समेत रहेको छ भने होटल परिसरमा क्यासिनो प्याराडाइज सञ्चालनमा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार