मुख्य समाचार
विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी | अर्घाखाँचीमा पेट्रोलियम पदार्थको अभाव छैन, कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने प्रशासनको चेतावनी | अर्घाखाँचीमा वन डढेलो नियन्त्रणका लागि मिनी दमकलसहित दस्ता परिचालन, २४ घण्टामै अनलाइन रिपोर्टिङ गरिने |

हिउँदे अधिवेशनमा नेपालभित्र नेपाल खोज्छौं : सांसद भण्डारी

Ujyalosandeshonline 10781+ समाचार ( )
२२ माघ २०८०, सोमबार

काठमाडौं । कांग्रेस सांसद चन्द्र भण्डारीले हिउँदे अधिवेशनमा संसदले विकास निर्माणमा नेपालभित्र नेपाल र कानून निर्माणमा नेपालभित्र नेपाली खोज्नेगरि प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका छन् ।

हिउँदे अधिवेशनका लागि सोमबार संघीय संसद भवन पुगेका उनले बैठकपछि अबको संसदले कानुन निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।

‘यो अधिवेशनमा हामीले नेपालभित्र नेपाली खोज्नु छ । वास्तवमा नेपालको भूगोल, समाज र संस्कृतिअनुसार हामीले कानुन निर्माण गर्नुपर्ने छ । जहाँ अनाहकमा मानिसहरु थुनिनु भएन, पुरस्कृत हुनु भएन र हाम्रो कानुनले ठूलाबडाहरुसित गलत प्रवृतिका व्यक्तिहरुसित आत्मसमर्पण नगरोस् भन्ने कुरामा सचेत भएर हामीले कानुन बनाउँछौं ।’

त्यस्तै उनले अबको अधिवेशमा सांसदहरु विकास केन्द्रीत हुने गरी छलफल र नीति निर्माणको लागि तयार भएको उल्लेख गरे । नेपालभित्र नै नेपाल खोजेर विकास निर्माणका हिसावले अगाडि बढ्ने उनको भनाइ छ ।  

‘यो अधिवेशनमा हामी कानुनमा मात्र सीमित हुँदैनौ । अब हामीले विकास निर्माणका समीक्षा गछौं । विगतको बजेटले के काम गर्यो र के गर्न सकेन यसमा हामीले नेपालभित्र नेपाल खोज्छौं यो अधिवेशनमा,’ सांसद भण्डारीले भने ।

बाँसबारी छाला जुत्ता जग्गा हिनामिना प्रकरणमा उद्योगपति अरुण चौधरी पक्राउ प्रकरणबारे भने भण्डारीले मिडियाको हेडलाइनको पछि लाग्नु नहुने भन्दै टिप्पणी गरे ।

उनले भने, ‘बाहिर कसले के भन्छ भनेर हिँड्नुको कुनै अर्थ छैन । यहाँ कोही पत्रकार छैनन् सबै सम्पादक छन्, कसरी समाचार बिक्री हुन्छ भनेर हेडिङ बनाइदिन्छन् । तर, जसले मुलुकलाई घाटा लाग्ने, ठग्ने, शक्तिको दुरुपयोग जसले गर्छ उसलाई कानुनी कारबाही हुनुपर्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार