मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

मटिहानी नगरपालिका बन्यो सबैभन्दा पहिलो बजेट ल्याउने पालिका

Ujyalosandeshonline 11009+ समाचार ( )
५ असार २०८२, बिहीबार

महोत्तरी । महोत्तरीका १५ स्थानीय तहमध्ये मटिहानी नगरपालिका सबैभन्दा पहिलो बजेट ल्याउने पालिका बनेको छ । महोत्तरीको मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डलले आर्थिक वर्ष २०८२।०८३ को लागि ४४ करोड ५० लाखको बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । 

नगरसभाको १५औँ खुला सत्रमा प्रस्तुत बजेटमा संघीय सरकारबाट २८ करोड १० लाख, प्रदेश सरकारबाट १ करोड २६ लाख, राजस्व बाँडफाँडबाट १० करोड ५ लाख र आन्तरिक स्रोतबाट ५ करोड ९० लाख समावेश छ ।

नीति तथा कार्यक्रममा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिइएको छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको विकासका लागि मटिहानी मठलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास, पोखरी र धार्मिक स्थलहरूको सौन्दर्यीकरण, र पर्यटन प्रबद्र्धनका लागि १० दिनको काज सुविधा व्यवस्था गरिने उल्लेख छ ।

शिक्षामा मैथिली भाषालाई प्राथमिकता दिँदै कक्षा १ देखि ८ सम्मको पाठ्यक्रममा सय अंकको मैथिली विषय राखिने, छात्रालाई साइकल, जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति, ल्यापटप वितरण र ‘फ्री बुक एन्ड ब्याग डे’जस्ता कार्यक्रम समावेश छन् । 

स्वास्थ्यतर्फ बर्थिङ सेन्टरबाट जनकपुरसम्म निःशुल्क एम्बुलेन्स, निःशुल्क अल्ट्रासाउन्ड, र आयुर्वेद तथा पारम्परिक चिकित्सा प्रवद्र्धन गरिनेछ । साथै, समावेशीकरण, गरिबी निवारण, पूर्वाधार, खेलकुद, वातावरण तथा विपद् व्यवस्थापन, सञ्चार, सहरी विकास, सुशासन लगायतका क्षेत्रमा पनि बजेट विनियोजन गरिने मेयर मण्डलले जानकारी गराए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार